‘लाइगर’को कमजोर रेटिङले नेपाली वितरकको २ करोड जोखिममा

विश्व बक्सिङ लिजेन्ड माइक टायसनको जीवनसँग प्रभावित बलिउड फिल्म ‘लाइगर’लाई लिएर रिलिजपूर्वको उत्साह उच्च थियो ।जब रिलिज भइदियो, त्यो अपेक्षा धुलोमा मिसियो । दक्षिण भारतीय स्टार विजय देवरकोण्डाको बलिउड डेब्यु संकटमा पयो । पछिल्लो समय बलिउड नै संकटमा छ । बलिउड समीक्षक तरण आदर्शले ‘लाइगर’लाई १.५ रेटिङ स्टार दिएका छन्

‘राधा’ र ‘प्रकाश’ आजदेखि हलमा, बिहानी अकुपेन्सी ३० प्रतिशत

शुक्रबार दुई नेपाली फिल्म रिलिज भएका छन् । दिनेश राउत निर्देशित ‘प्रकाश’ र सुवर्ण थापा निर्देशित ‘राधा’ प्रदर्शनमा त आएका छन्, तर दुवै फिल्मलाई हलमा दर्शक तान्नुपर्ने चुनौती छ । दुवै फिल्मले प्रिमियरबाट मिश्रित प्रतिक्रिया प्राप्त गरेका छन् । अब ‘वर्ड अफ माउथ’मा यी दुई फिल्मको विकडेजको भविष्य निर्भर हुनेछ

सद्‍गुरुको निम्तोमा भारत भ्रमणमा निस्किए राजेश हमाल, टक शो छायांकन गर्ने

भारतीय आध्यात्मिक सेलिब्रिटी सद्गुरुको निम्तोमा अभिनेता राजेश हमाल बिहीबार बैंग्लोरतर्फ प्रस्थान गरेका छन् । हमालसँगै गायक रवि ओड र भीवाईएफका सञ्चालक दशरथ सुनार समेत छन् । हमालले तमिलनाडुस्थित कोइमबतुर पुगेर योग तथा आध्यात्मिक व्यक्तित्व समेत रहेका सद्गुरुसँग एक टक शो छायांकन गर्नेछन् । यो प्रतीक्षित टक शो उनको आश्रममा हुनेछ

नेपाली अभिनेत्री मुना गौचन रणवीर सिंहसँग बलिउड फिल्म खेल्दै

नेपाली अभिनेत्री तथा मोडल मुना गौचनले बलिउड अभिनेता रणवीर सिहसँग फिल्ममा अभिनय गर्ने भएकी छन् । बिहीबार रणवीर र आफ्नो सेल्फी पोस्ट गर्दै उनले चाँडै फिल्म खेल्न लागेको जानकारी दिएकी हुन् ।तर कुन फिल्ममा अभिनय गर्न लागेको भन्नेबारेमा भने उनले खुलाएकी छैनन् । सेल्फीमा रणवीर र मुना दुवै प्रफुल्ल देखिन्छन्

१५ दिनपछि कमेडियन राजु श्रीवास्तवको होस खुल्यो

हृदयघातपछि अस्पतालमा भर्ना भएका चर्चित भारतीय कमेडियन राजु श्रीवास्तावको १५ दिनपछि बिहीबार होस खुलेको छ । उनका निजी सचिव गर्भित नारङका अनुसार श्रीवास्तवको स्वास्थ्यमा सुधार आएको छ भने उनी चिकित्सकको निगरानीमा छन् । गत अगस्ट १० मा ५८ वर्षीय कमेडियन एम्स अस्पतालमा भर्ना भएका थिए । दिल्लीस्थित जिमखानामा व्यायाम गर्दैगर्दा

केकीले भनिन्– नाम र कागजपत्र दुरुपयोग गर्नेलाई कडा कारवाही होस्

अभिनेत्री केकी अधिकारीले आफ्नो नाम र कागजपत्रको दुरुपयोग गर्नेप्रति कानुनी कारवाही अगाडि बढाउने बताएकी छन् । उनले ‘तिम्रो नजर’ फिल्म निर्माण कार्यमा आफ्नो नाम र कागजपत्रको दुरुपयोग भएकोप्रति आपत्ति जनाएकी छन्  ‘तिम्रो नजर’ शीर्षकको फिल्म निर्माण गर्ने कम्पनी भनिएको ‘ब्लु बर्ड एचडी’ सँग आफूले काम गर्ने कुनै पनि सम्झौता नगरेको

‘प्रेमगीत ३’को गीत ‘मायाको गाउँ’मा रोमान्टिक क्रिस्टिना र प्रदीप

फिल्म ‘प्रेमगीत ३’को नयाँ गीत ‘मायाको गाउँ’ बिहीबार रिलिज भएको छ । सरोज पोखरेलले संगीत गरेको गीतमा प्रदीप खड्का र क्रिस्टिना गुरुङ फिचर्ड छन् । प्रताप दासको स्वर रहेको गीतमा विष्णु भण्डारीको शब्द रचना छ । हिमालपारिको जिल्ला मुस्ताङमा जाडोयाममा खिचिएको फिल्मको यो गीतमा हिमपातको आकर्षक दृश्य देख्न सकिन्छ ।

राजु लामाले चढे जापानको अग्लो हिमाल, चुचुरोमा पुगेर गाए ‘पर्खाइमा भिज्यो सिरानी’

मंगोलियन हार्ट ब्याण्डका चर्चित गायक राजु लामाले जापानको अग्लो हिमाल माउन्ट फुजी आरोहण गरेका छन् । जलवायु संकटविरुद्धको सन्देश दिन उनले ३ हजार ७७६.२४ मिटर उचाइको माउन्ट फुजी चढेका हुन् । गत जेठ २ गते सर्वोच्च शिखर सगरमाथा आरोहण गरेका उनी यतिबेला जापानमा छन् । फुजीको चुचुरोमा पुगेर उनले ब्यान्डको

‘मोटु पत्लु’ अब नेपाली भाषामा प्रसारण हुँदै

चर्चित भारतीय एनिमेटेड सिटकम टीभी शो ‘मोटु पत्लु’ अब नेपाली भाषामा डब भएर प्रसारण हुने भएको छ । ग्यालेक्सी फोरके टेलिभिजनले आगामी सोमबारदेखि कार्टुन सिरिजलाई प्रसारण गर्न लागेको हो ।नेपाली बालबालिकामाझ निकै रुचाइएको यो सिरिज सन् २०१२ देखि भारतमा प्रसारण सुरु भएको हो । ग्यालेक्सी फोरकेका कार्यक्रम निर्माता एवं निर्देशक

टेलर स्वीफ्टमाथि गीत चोरीको आरोप, १ मिलियन डलर क्षतिपूर्ति माग गर्दै मुद्दा दर्ता

  विश्वचर्चित अमेरिकी गायिका टेलर स्वीफ्टमाथि एक मिलियन डलर बराबरको क्षतिपूर्ति माग गर्दै गीत चोरीको मुद्दा दायर भएको छ ।सन् २०१९ मा रिलिज भएको स्वीफ्टको एल्बम ‘लभर’का कतिपय गीत आफ्नो रचनाबाट चोरिएको भन्दै एक लेखिकाले मुद्दा दायर गरेकी हुन् । सन् २०१० मा प्रकाशित पुस्तक ‘लभर’बाट शब्द चोरिएको उनको आरोप
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.