लियोनार्दो डिकाप्रियो र प्रेमिका क्यामिलाले टुंग्याए चार वर्ष लामो ‘रोमान्स’

अन्ततः ‘टाइटानिक’ स्टार लियोनार्दो डिकाप्रियो र प्रेमिका क्यामिला मोर्रोनीबीचको रोमान्स टुंगिएको छ । हलिउड सञ्चारमाध्यमका अनुसार ४७ वर्षीय अभिनेता र २५ वर्षीया मोडलले चार वर्ष लामो आफूहरुबीचको सम्बन्धलाई अन्त्य गरेका हुन् । २०१७ को डिसेम्बरमा लियोनार्दो क्यामिलाको लस एन्जलसस्थित घरमा पहिलोपटक देखिएका थिए । सोही बिन्दुबाट यी दुईबीच सम्बन्धको सुरुवात

फिल्मफेयर अवार्ड : ‘शेरशाह’ सर्वोत्कृष्ट फिल्म, अभिनेतामा रणवीर सिंह र अभिनेत्रीतर्फ कृति सेनन

बलिउडको प्रतिष्ठित फिल्मफेयर अवार्डको ६७ औं संस्करणको विजेता घोषणा गरिएको छ । जसमा फिल्म ‘८३’बाट रणवीर सिंह सर्वोत्कृष्ट अभिनेता र ‘मिमी’बाट कृति सेननले सर्वोत्कृष्ट अभिनेत्रीको अवार्ड उचाले । यस वर्षको सर्वोत्कृष्ट फिल्मको अवार्ड सिद्धार्थ मलहोत्रा स्टारर फिल्म ‘शेरशाह’लाई प्रदान गरियो । उत्कृष्ट गीत लेखनको अवार्ड कौसर मुनिरले प्राप्त गरे ।

इरफान र ऋषि कपुर प्रकरणमा बलिउड फिल्म क्रिटिक केआरके पक्राउ

अभिनेता तथा फिल्म क्रिटिक केआरके अर्थात् कमाल रशिद खानलाई मुम्बई प्रहरीले मंगलबार पक्राउ गरेको छ । सन् २०२० को एक विवादित ट्वीटलाई लिएर उनी पक्राउ परेका हुन् । बलिउड सञ्चारमाध्यमका अनुसार उनलाई मंगलबार बोरीवाली अदालतमा पेश गरिएको छ । मुम्बई विमास्थलको हिरासतमा लिइएका उनलाई सोधपुछपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ

नेवार समुदायमाथि आघात पुयाएको आरोपमा कमेडियन अपूर्व क्षितिज सिंह पक्राउ

नेवार समुदायको आस्था र रहनसहनमाथि आघात पुयाएको आरोपमा कमेडियन अपूर्व क्षितिज सिंहलाई प्रहरीले पक्राउ गरेको छ । नेवाः अभियन्ता सुमन सायमीसहितका केही अभियन्ताले दिएको उजुरीको आधारमा उनी पक्राउ परेका हुन् । जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी दिनेश मैनालीले सिंहलाई आइतबार बिहान पक्राउ गरिएको पुष्टि गरे । सिंहले केही दिनअघि युट्युबमा

माउथ पब्लिसिटी बढेपछि क्यूएफएक्सले बढायो ‘प्रकाश’ को शो

फिल्म ‘प्रकाश’ को क्यूएफएक्स च्यानलले शो बढाएको छ । शुक्रबार न्युन शो पाएको फिल्मको माउथ पब्लिसिटी बढेपछि शो विस्तार गरिएको हो । देशभरका हलहरुमा शुक्रबारका लागि १३ शो पाएको फिल्मलाई क्यूएफएक्सले शनिबारका लागि २६ शो दिएको छ । जसमा काठमाडौं उपत्यका भित्र १३ शो र काठमाडौं उपत्यका बाहिर १३ शो

प्रदीपले भने– ‘हामीले काठमाडौंको चोक–चोकमा प्रोजेक्टरबाट फिल्म देखाउने त ?’

अभिनेता प्रदीप खड्काले फिल्म हलले ‘प्रकाश’ लाई उपयुक्त शो उपलब्ध नगराए काठमाडौंको चोक–चोकमा प्रोजेक्टरबाट फिल्म देखाउने बताए । फिल्मका लागि हलले राम्रो शो उपलब्ध नगराएको बिषयमा निर्माण युनिटले शुक्रबार रिपोर्टर्स क्लबमा आयोजना गरेको पत्रकार सम्मेलनमा प्रदीप हल विरुद्ध निकै आक्रमक प्रस्तुत भए । ‘फिल्मको आउट लुक हेर्दा मास अपिलिङ लाग्दैन

विश्व हिन्दू परिषद्को चेतावनीपछि दिल्ली प्रहरीले रोक्यो मुनव्वर फारुकीको शो

भारतीय स्ट्यान्डअप कमेडियन मुनव्वर फारुकीको राजधानी दिल्लीमा सोमबार हुने भनिएको शो स्थगित भएको छ । कार्यक्रममा प्रस्तुति दिनका लागि मुनव्वरले गरेको आग्रह दिल्ली प्रहरीले अस्वीकार गरेपछि उनको शो रोकिएको हो । मुनव्वरले दिल्लीको सिभिक सेन्टरस्थित केदारनाथ स्टेडियम कार्यक्रम गर्ने खबर सार्वजनिक भएपछि विश्व हिन्दू परिषद्ले रोक्न माग गर्दै प्रहरीलाई पत्र

चलचित्र निर्माता संघको अध्यक्षमा उम्मेदवारी दिने नवल खड्काको घोषणा

  चलचित्र निर्माता संघको चुनावी चटारो सुरु भएको छ । भदौ १८ गते संघको वार्षिक साधारणसभा तथा कार्यसमिति निर्वाचन हुँदैछ । अध्यक्ष पदको उम्मेदवारका लागि नवल खड्का, अशोक शर्मा र वर्तमान अध्यक्ष आकाश अधिकारी आकांक्षी देखिएका छन् । खड्काले त आइतबार फेसबुकमार्फत घोषणापत्रसहित उम्मेदवारी घोषणा गरेका छन् । ३० बुँदे

द भ्वाइस अफ नेपालको चौथो सिजन भदौ २४ गतेदेखि सुरु हुने

  प्रतीक्षित गायन रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’को चौथो सिजन भदौ २४ गतेदेखि सुरु हुने भएको छ । शुक्रबार र शनिबार राति ८ बजे हिमालय टीभीबाट कार्यक्रम प्रसारण हुने जनाइएको छ । डिजिटल अडिसनमा सहभागी ४१ हजार आवेदकमध्येबाट छानिएका अन्तिम ६४ प्रतिस्पर्धी प्रतिस्पर्धाको तयारीमा जुटेका छन् । यसपटक कोचमा

‘बाबरी’पछि नयाँ फिल्ममा सहकार्य गर्दै धीरज र अदिती

आगामी असोज १४ गते धीरज मगर र अदिती बुढाथोकी अभिनित फिल्म ‘बाबरी’ प्रदर्शनको तयारीमा छ । तर फिल्म रिलिजअघि नै यी दुईले नयाँ फिल्ममा पनि सहकार्य गर्ने खबर छ । अदितीकी आमा तथा निर्मात्री पुष्पलताले यी दुई कलाकारलाई लिएर नयाँ फिल्म निर्माणको घोषणा गरेकी छन् । ‘बाबरी’को ट्रेलर र गीत
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.