‘ब्ल्याक प्यान्थर’को टिजरलाई २४ घण्टामा १७ करोड पटक हेरियो
हलिउड फिल्म ‘ब्ल्याक प्यान्थर : वाकान्डा फरेभर’को टिजर ट्रेलरले इन्टरनेट प्लेटफर्ममा २४ घण्टामा १७२ मिलियन अर्थात् १७ करोड बढी भ्युज पाउँदै कीर्तिमान कायम गरेको छ । शनिबार रिलिज भएको टिजरले दर्शक संख्यामा कीर्तिमान रचेको हो । सन् २०१७ मा रिलिज भएको फिल्मको अघिल्लो श्रृंखलाले ८८ मिलियन भ्युज पाएको थियो ।


