४ अप्रिलमा ‘जर्सी’ रिलिज हुने, ‘लाल सिंह चड्डा’सँग अक्षयको ‘रक्षा बन्धन’ भिड्ने

कोरोना महामारीका कारण अनिश्चितकालका लागि प्रदर्शन स्थगित गरेको बलिउड चलचित्र ‘जर्सी’ १४ अप्रिलमा रिलिज हुने भएको छ । चलचित्रका मुख्य अभिनेता शाहिद कपुरले ट्वीट गर्दै ‘जर्सी’ १४ अप्रिलबाट सिनेमा हलहरुमा प्रदर्शन हुने जानकारी दिएका हुन् । यो मितिमा साउथ सुपरस्टार यशको बहुप्रतिक्षित चलचित्र ‘केजीएफ च्याप्टर २’ पनि प्रदर्शन हुँदैछ ।

‘डिस्को किङ’ बप्पी लहिरीको निधन

भारतका लोकप्रिय गायक तथा संगीतकार बप्पी लहिरीको ६९ वर्षको उमेरमा निधन भएको छ । उनको मंगलबार राति ११ बजेतिर मुम्बईको क्रिटी केयर अस्पतालमा उपचारका क्रममा निधन भएको हो । अस्पतालका चिकित्सक दीपक नामजोशीका अनुसार बप्पी पछिल्लो एक महिनादेखि बिरामी थिए । उनलाई १८ दिनसम्म आईसीयूमा राखेर प्यारामिटर सामान्य भएपछि सोमबार

उर्फी जावेदले जिन्स च्यातेर बनाइन् यस्तो ड्रेस

भारतीय टेलिभिजन अभिनेत्री उर्फी जावेद आफ्नो विभिन्न गतिविधिका कारण चर्चामा आइरहन्छिन् । उनी एकपटक फेरि आफ्नो पहिरन शैलीका कारण चर्चामा छिन् । हालै उर्फीले जिन्स च्यातेर यस्तो पहिरन बनाएकी छन्, त्यसलाई देखेर मानिसहरु अचम्भित भएका छन् । उनले लगाएको नयाँ पहिरन न त पाइन्ट हो, न त टप्स नै ।

‘बच्चन पाण्डे’को नयाँ पोस्टर सार्वजनिक, अक्षयको यस्तो लुक

बलिउड अभिनेता अक्षय कुमारले आफ्नो आगामी चलचित्र ‘बच्चन पाण्डे’को नयाँ पोस्टर सार्वजनिक गरेका छन् । यो चलचित्र मार्चमा सिनेमा हलमा प्रदर्शन हुने तयारीमा छ । अक्षयले सामाजिक सञ्जालबाट पोस्टर सार्वजनिक गर्दै चलचित्रको ट्रेलर १८ फेब्रुअरीमा रिलिज हुने जानकारी समेत दिएका छन् । नयाँ पोस्टरमा उनी एक डरलाग्दो ग्याङस्टरको गेटअपमा देखिएका

करोडौं डलर ठगेका हलिउड अभिनेतालाई २० वर्ष जेल

बहुचर्चित पोन्जी घोटालामा मुछिएका हलिउड अभिनेता जाकारी होर्विट्जलाई २० वर्षको जेल सजाय सुनाइएको छ । सोमबार अमेरिकाको न्याय मन्त्रालयले पोन्जी स्किम समेत भनेर चिनिने करोडौं डलर बराबरको घोटाला काण्डमा मुछिएका होर्विट्जलाई २० वर्षको जेल सजाय सुनाएको हो । त्यस्तै उनले क्षतिपूर्ति स्वरुप २३ करोड डलर तिर्नुपर्ने भएको छ । होर्विट्जले

श्रीमानसँगको अभिनयमा अञ्जुले ल्याइन् ‘अब छाडेर जाने कुरा नगर’

गायिका अञ्जु पन्तले नयाँ गीत सार्वजनिक गरेकी छन् । हाल अमेरिकामा रहेकी अञ्जुले सोमबार भ्यालेन्टाइन डेको अवसर पारेर ‘अब छाडेर जाने कुरा नगर’बोलको प्रेमगीत सार्वजनिक गरेकी हुन् । भ्यालेन्टाइन स्पेसल भनेर सार्वजनिक गरिएको गीतको भिडियोमा अञ्जु श्रीमान थिर कोइरालासँग प्रस्तुत छिन् । भिडियोमा उनीहरुको विवाहको दृश्य समेत समावेश गरिएको छ

फिल्म रिलिजअघि हल–हलमा पुग्दै ‘म यस्तो गीत गाउँछु २’ टिम

फागुन १३ गतेबाट प्रदर्शन हुन लागेको चलचित्र ‘म यस्तो गीत गाउँछु २’को प्रचार तीव्र पारिएको छ । चलचित्रका मुख्य कलाकार अभिनेता पल शाह, अभिनेत्री पूजा शर्मा र निर्माता तथा निर्देशक सुदर्शन थापा दौडधुप गरिरहेका छन् । अधिकांश कलाकारहरु चलचित्र रिलिजपछि मात्र दर्शकसँग प्रत्यक्ष साक्षात्कार गर्न हलमा पुग्ने गर्छन् । तर

२० फागुनमा पुग्यो ‘लप्पन छप्पन २’

फिल्म ‘लप्पन छप्पन २’ को रिलिज डेट सरेको छ । १३ फागुनबाट प्रदर्शनमा आउने तयारीमा रहेको यो फिल्म सरेर २० फागुनमा पुगेको हो । नेपाल चलचित्र संघले १३ फागुनमा ‘म यस्तो गीत गाउँछु २’ रिलिज गर्ने भएपछि ‘लप्पन छप्पन २’ सारिएको निर्माण युनिटले जनाएको छ । मुकुन्द भट्टको निर्देशन रहेको

आयंकाको पास्नीका तस्बिर पोष्ट गर्दै प्रियंकाले भनिन्, ‘आमा बनाएकोमा धन्यवाद बदाम’

अभिनेत्री प्रियंका कार्की पछिल्लो समय घरमै सिमित छिन् । ५ महिना अगाडि छोरी आयंकालाई जन्म दिएपछि उनले आफुलाई घरमा ब्यस्त राखेकी हुन् । बेला–बेलामा सामाजिक संजाल मार्फत छोरी स्याहार्दै गरेको तस्बिर सार्वजनिक गर्दै उनले आफु आमाको ड्युटीमा रहेको जानकारी दिँदै आएकी छन् । यसैक्रममा उनले शनिबार छोरी आयंकाको पास्नीको केही

भ्यालेन्टाइन डेको अवसरमा ‘राधे श्याम’को रोमान्टिक टिजर

साउथ फिल्म स्टार प्रभास र अभिनेत्री पूजा हेगडेको आगामी चलचित्र ‘राधे श्याम’को रोमान्टिक टिजर सार्वजनिक गरिएको छ । भ्यालेन्टाइन डेको अवसर पारेर निर्माणपक्षले सोमबार चलचित्रको टिजर रिलिज गरेको हो । टिजरमा प्रभास र पूजाको दमदार केमेस्ट्रीको झलक देखिन्छ । यसमा प्रभासले पूजालाई रोमान्टिक तवरमा प्रेम प्रस्ताव राखिरहेको देख्न सकिन्छ ।
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.