रजनीकान्त अस्पताल भर्ना

अभिनेता रजनीकान्त अस्पताल भर्ना भएका छन् । उनी नियमित चेकअपका लागि चेन्नइको कावेरी अस्पताल भर्ना भएका हुन् । अभिनेता बिहिबार ४ः ३० मा अस्पताल पुगेका थिए । ७० वर्षीय अभिनेता यस अगाडि २०२० मा हैदरावादको एपोलो अस्पताल भर्ना भएका थिए । थकान र रक्तचापमा उतारचढाव अनुभव गरेका कारण अस्पताल भर्ना

कानून व्यवसायीको कुटाकुटबारे दीपकराज लेख्छन्–‘बारको अगाडि रेष्टुरेन्ट थप्ने हो कि ?’

नेपाल बार एशोसिएसनको परिसरमा दुई जना कानून व्यवसायीबीच कुटाकुट भएको भिडियो सामाजिक संजालमा भाइरल भएको छ । शुक्रबार दिउँसो कानून व्यवसायी विराट न्यौपाने र भूमिनन्द चुडालबिच विवाद हुँदा कुटाकुट भएको हो । यही बिषयमा व्यङ्ग्य गर्दै कलाकार तथा निर्माता दीपकराज गिरीले ‘बार’को अगाडि रेष्टुरेन्ट शब्द थप्ने हो कि भनेर लेखेका

एकसाथ देखिए राजेश र पल

नायक राजेश हमाल र पल शाह पहिलो पटक एकसाथ चलचित्रको पर्दामा देखिदैछन् । शंकर कार्कीको निर्देशनमा तयार हुन लागेको चलचित्र ‘सत्यम्’ हमाल र शाह एकसाथ देखिन लागेका हुन् । यो चलचित्रलाई रेशम सापकोटाले निर्माण गर्दैछन् । चलचित्रको धम्पुसमा वर्कशप सुरु भएसँगै यसका केही तस्वीरहरु सार्वजनिक भएका छन् । चलचित्रमा राजेश

धिरज र अदितीको ‘बाबरी’को छायांकन सुरु

चलचित्र ‘बाबरी’को छायांकन फेरि सुरु भएको छ । काठमाडौंमा गीतको छायांकन गर्दै चलचित्रको रोकिएको काम सुरु गरिएको निर्माणपक्षले बताएको छ । निषेधाज्ञा अगाडि करिब २ साता यो चलचित्रको छायांकन पूर्वका रमणीय स्थानमा भएको थियो । तर, कोरोना महामारी बढेसँगै चलचित्रको छायांकन रोकेर यसको निर्माणपक्ष काठमाडौं फर्किएको थियो । यो चलचित्रको

साउथ स्टार पुनीत राजकुमारको ४६ बर्षको उमेरमा निधन

सैडलबुड इन्डस्ट्रीका चर्चित स्टार पुनीत राजकुमारको निधन भएको छ । आज बिहान उनको स्वास्थ्यमा अचानक समस्या आएपछि उनलाई बेग्लुरुको विक्रम अस्पतालमा भर्ना गरिएको थियो । अस्पतालमा भर्ना भएका पुनीतको निधन भएको भारतीय मिडियाले पुष्टी गरेका छन् । अस्पतालमा भर्ना भएसँगै पुनीतको स्वास्थ्य लाभको कामना गर्दै फ्यानहरु अस्पताल परिसरमा पुगेका थिए

२६ दिनपछि साहरुखको अनुहारमा फर्किएको खुशी

बलिउड नायक साहरुख खान र उनको परिवारका लागि अक्टुबर महिना सुखद बन्न सकेन । उसो त, साहरुख बेला–बेलामा विवादमा नपरेका होइनन् । तर, उनले आफ्नो बिषयमा हुने गरेका विवादलाई कुनै न कुनै तरिकाले मिलाउने गरेका थिए । तर, यसपटक भने उनका लागि केही कठिन बन्न पुग्यो । साहरुखका छोरा आर्यन

महंगो रकममा नेपाल भित्रियो ‘सूर्यवंशी’, शुक्रबारदेखि हलमा रिलिज हुने

असोजको २१ गतेबाट देशभरका हल संचालनमा आएपनि आशातित चलचित्र रिलिज नहुँदा दर्शक हलसम्म पुग्न सकेका छैनन् । केही नेपाली र हलिउड चलचित्रले दर्शकलाई हलसम्म तान्न नसकेको अवस्थामा यतिबेला अधिकांशको ध्यान बलिउड चलचित्र ‘सूर्यवंशी’ माथि छ । यो चलचित्र नोभेम्बर ५ बाट विश्व बजारमा रिलिज हुँदैछ । भारतमा पनि यो चलचित्रले

राजेश हमालको स्वरमा ‘मन बुढो भएन’ बोलको गीत रेकर्ड

अभिनेता राजेश हमालले आफ्नै स्वरमा गीत रेकर्ड गराएका छन् । उनले दीपक शर्माको शब्द र संगीत, नरेन्द्र वियोगीको एरेन्जमा ‘मन बुढो भएन’ बोलको रोमान्टिक गीतमा स्वर भरेका हुन् । गीतमा हमालसँगै एलिना चौहान, सुवास पुरी र बेनिशा पौडेलको स्वर छ ।  अनामनगरस्थित वेभ स्टुडियोमा दुई महिना अगाडि गीत रेकर्ड गरिएको

आर्यन खानलाई जमानतमा रिहा गर्न अदालतको आदेश

बलिउड नायक साहरुख खानका छोरा आर्यन खानलाई जमानतमा रिहा गर्न मुम्बइको उच्च न्यायलयले आदेश दिएको छ । मुम्बईको उच्च न्यायलयले आज बेलुकी ५ बजे यो फैसला सुनाएको हो । तर, उनलाई आज एक दिन भने हिरासतमा नै बिताउनुपर्नेछ । आर्यनको जमानतको विरोध गर्दै एएसजी अनिल सिंहले एनसीबीको तर्फबाट वकालत गरेका

आर्यनसँग सेल्फी लिने किरण गोसावी पक्राउ

बलिउड स्टार शाहरुख खानका छोरा आर्यन खानमाथि चलिरहेको लागु औषध मामिलामा नार्कोटिक्स कन्ट्रोल ब्युरो (एनसीपी) का स्वतन्त्र साक्षी किरण गोसावीलाई पुणे सिटी पुलिसले पक्राउ गरेको छ । किरण गोसावी निजी (स्वघोषित) जासुस हुन् र आर्यन खान मामिलामा एनसीबीले उनलाई स्वतन्त्र साक्षी बनाएको थियो । गोसावीलाई पुणे प्रहरीले सन् २०१८ को
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.