डान्स रियालिटी शोको निर्णायक बन्न नेपालमा निरुता
कुनै समयकी चर्चित नायिका निरुता सिंह एक डान्स रियालिटी शोको निर्णायक बन्न नेपाल आएकी छिन् । उनी एक साता अगाडि नेपाल आएकी हुन् । निरुता मंगलबार आयोजना भएको पत्रकार सम्मेलनमा मिडियामाझ उपस्थित भएकी थिइन् । कान्तिपुर टेलिभिजनमा कात्तिक २५ गतेबाट प्रशारण हुन लागेको ‘डान्स च्याम्पियनसिप’मा निरुता मुख्य निर्णायकको रुपमा रहनेछिन्


