फिल्म निर्माता चन्दन रोक्काको निधन
पुराना अभिनेता तथा फिल्म निर्माता चन्दन रोक्काको निधन भएको छ । रोक्काको बिहिबार बिहान शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा निधन भएको उनका भाइ नवराज रोक्काले जानकारी दिए । ५९ वर्षका रोक्का केही अगाडि कोरोना संक्रमित भएका थिए । एक साता अगाडि भने उनको कोरोना रिपोट नेगेटिभ आएको थियो


