साहरुखले सुरु गरे ‘पठान’को छायांकन
बलिउड नायक साहरुख खान २ बर्षपछि चलचित्रको छायांकन सेटमा फर्किएका छन् । २ बर्ष अगाडि रिलिज भएको चलचित्र ‘जिरो’पछि साहरुखले चलचित्रमा काम गरेका थिएनन् । २ बर्ष लामो ब्रेक लिएपछि उनले चलचित्रको छायांकन सुरु गरेको भारतीय मिडियाले उल्लेख गरेका छन् । साहरुखले बुधबारबाट चलचित्र ‘पठान’को छायांकन सुरु गरेका हुन् ।


