नयाँ खेलाडीलाई समेट्दै अल्मुताइरीले सुरु गरे प्रशिक्षण

एएफसी एसियन कप छनोटअन्तर्गत नेपाली टोलीले दशरथ रंगशालामा तयारी गरिरहेको छ । मख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले १४ जना नयाँ खेलाडीलाई समेट्दै प्रशिक्षण सुरु गरेका छन् । होस्टेल र होटलमा राख्ने कुरामा विवाद हुँदा १० जना खेलाडीले क्याम्प छाडेर गएका थिए । त्यसको एक दिनपछि अल्मुताइरीले नयाँ खेलाडी प्रशिक्षणमा बोलाएका थिए

एनएसएलका लागि एन्फाले दियो नयाँ मिति

नेपाल स्पोर्टस म्यानेजमेन्टकाले आयोजना गर्ने नेपाल सुपर लिग (एनएसएल)का लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ले नयाँ मिति दिएको छ । एन्फाले एनएसएल आयोजनाका लागि भदौ १५ असोज २५ सम्मको समय दिएको नेपाल स्पोर्ट्स म्यानेजमेन्टका प्रमुख कार्यकारी अधिकृत सुदिप शर्माले रातोपाटीलाई जानकारी दिए । एनएसएलले यसअघि भदौ २५ बाट कार्तिक

चेल्सी र युनाइटेडको बराबरी

इग्लिस प्रीमियर लिग (ईपीएल) अन्तर्गत बिहिबार राति भएको खेलमा म्यानचेस्टर युनाइटेड र चेल्सीले १–१ अन्तरको बराबरी खेलेका छन् । युनाइटेड घरेलु मैदान ओल्डट्राफोर्डमा भएको खेलमा भ्रमणकारी टोली चेल्सीले सुरुआती अग्रता बनायो । पहिलो हाफमा चेल्सीले निकै दवाव बनाएपनी गोल गर्न सकेन । दुबै गोल दोस्रो हाफमा सम्भव भएका थिए ।

दिल्लीद्वारा कोलकाता ४ विकेटले पराजित

आईपीएल २०२२ को ४१ औं खेलमा दिल्ली क्यापिटल्सले कोलकाता नाइट राइडर्सलाई ४ विकेटले पराजित गरेको छ । दिल्लीलाई १४७ रनको लक्ष्य दिइएको थियो, जुन टोलीले १८ औं ओभरमा ६ विकेट गुमाएर पुरा गरेको थियो । डेभिड वार्नरले सर्वाधिक ४२ रन बनाए भने डिसीको जित सुनिश्चित गर्न रोभम्यान पावेलले १६ बलमा

एन्फाले खेलाडीहरुलाई भन्यो – चुनावसम्म अल्मुताइरीलाई हटाउने कुरो नगर्नुस्

अखिल नेपाल फुटबल संघ (एन्फा)ले चुनावसम्म मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी हटाउन नसक्ने बताएको छ । एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पाले खेलाडीहरूसँग कुराकानी गर्दै चुनावसम्म आफूले अल्मुताइरीलाई हटाउन नसक्ने बताएको रोहित चन्दले बताए । ‘एन्फा अध्यक्षसँग हामीले कुरा गरेका थियौं । उहाँले चुनावसम्म अल्मुताइरीको विषयमा केही गर्न नसक्ने बताउनुभयो । त्यति

खेलाडीहरूसँगको विवादको विषयमा अल्मुताइरीले विज्ञप्ति निकाल्ने

रोहित चन्द लगायतका खेलाडीहरूसँगको विवादको विषयमा प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले विज्ञप्ति जारी गर्ने भएका छन् । होस्टेल र होटलमा बस्ने विषयमा खेलाडीसँग प्रशिक्षक रिसाउँदा ९ खेलाडी विद्रोहमा उत्रेका हुन् । यसै विषयलाई लिएर ९ जना खेलाडी प्रशिक्षणमा सहभागि भएनन् । यस विषयमा अहिले खेलाडीहरूले बोल्न मानेका छैनन् । ‘अहिले हामीले नबोल्ने

सहज जितसँगै लिभरपुललाई पहिलो लेगमा अग्रता

प्रिमियर लिग क्लब लिभरपुलले च्याम्पियन्स लिग फुटबलअन्तर्गत सेमिफाइनलको पहिलो लेगमा स्पेनिस क्लब भियारियलमाथि २–० गोलको हसज जित निकालेको छ । घरेलु मैदानमा लिभरपुललाई जित दिलाउन साडियो मानेले एक गोल गरे । लिभरपुलले एक गोल आत्मघाती उपहार पाएको थियो । खेलको ५३ औं मिनेटमा डिफेन्डर पेर्भिस इस्टुपिनानले आत्मघाती गोल गर्दा लिभरपुलले

उपाधि दाबेदार इन्टर पराजित

इटालियन सिरी ए फुटबलको उपाधि दाबेदार इन्टर मिलान बोलोग्नासँग २–१ गोलको हार बेहोरेको छ । बुधबार राति भएको खेलमा इन्टरले सुरुवाती अग्रता बनाएको थियो । खेलको तेस्रो मिनेटमा इन्टरका लागि इभान पेरिसिचले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । यता बोलोग्नाका लागि खेलको २८ औं मिनेटमा मार्को अर्नाउटोभिचले गोल गर्दै

आईपीएल : गुजरात टाइटन्स प्लेअफ नजिक

सनराइजर्स हैदराबादलाई ५ विकेटले पराजित गर्दै गुजरात टाइटन्सले इन्डियन प्रिमियर लिग (आइपीएल)– २०२२ मा सातौं जित निकाल्दै प्लेअफ नजिक पुगेको छ । जितका लागि १९६ रनको लक्ष्य पछ्याएको गुजरातले २० ओभरमा ५ विकेट गुमाउँदै पूरा गरे । गुजरातका ऋद्धिमान शाहले सर्वाधिक ६८ रन बनाए । राहुल टेवाटियाले ४० रनको योगदान

प्रशिक्षकको विपक्षमा उभिए फुटबलका कप्तान, सार्वजनिक रुपमा पोखे असन्तुष्टि

नेपाली फुटबल टोलीका प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीको व्यवहारप्रति नेपाली फुटबल टोलीका कप्तानले सार्वजनिक रुपमा असन्तुष्टि पोखेका छन् । कप्तान किरण चेम्जोङले राष्ट्रिय टोलीको प्रशिक्षणमा खेलाडीप्रति प्रशिक्षकबाट गरिएको व्यवहारप्रति सार्वजनिक रुपमा असन्तुष्टि जनाएका हुन् । राष्ट्रिय टोलीको क्याम्पमा जायज विषय उठाउँदा खेलाडीलाई क्याम्प नै छोड्न लगाउनु गलत भएको उनको भनाइ छ ।
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.