नेपाली क्रिकेट टिमका पूर्वप्रशिक्षकको निधन

नेपाल क्रिकेट संघले पूर्वप्रशिक्षक अफ्ताब बालोचको निधनप्रति श्रद्धाञ्जली व्यक्त गरेको छ । सोमबार नेपाली राष्ट्रिय टोलीका पूर्वप्रशिक्षक अफ्ताबको ६८ वर्षको उमेरमा निधन भएको पाकिस्ता क्रिकेट बोर्डले पुष्टि गरेको छ । उहाँको निधनप्रति नेपाललले आज श्रद्धाञ्जली अर्पण गरेको हो । अफ्ताब सन् २००१ मा नेपालको प्रशिक्षकको रुपमा नेपाल आएका थिए ।

नेपाल र मरिससबीचको खेलमा दर्शकलाई प्रवेश अनुमति

नेपाल  र अफ्रिकी मुलुक मरिससबीचको खेलमा दर्शकलाई मैदानमा प्रवेशको अनुमति दिइने भएको छ । सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको पालना गर्दै एकतिहाइ दर्शकलाई मात्र खेल हेर्न मैदान पस्ने अनुमति दिइने अखिल नेपाल फुटबल संघ ९एन्फा ले जनाएको छ । नेपालले त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मरिसससँग दुई मैत्रीपूर्ण खेल खेल्नेछ । मैत्रीपूर्ण

आईपीएलको नयाँ फ्रेन्चाइज नाम लखनउ सुपर जायन्ट्स

इन्डियन प्रिमियर लिग (आईपीएल) २०२२ मा नयाँ टिमको रुपमा थपिएको लखनउले टिमको अधिकारिक नाम सार्वजनिक गरेको छ । आरपी सन्जिव गोएन्का ग्रुपको स्वामित्वमा रहेको लखनउको नाम लखनउ सुपर जायन्ट्स राखिएको छ । केएल राहुल कप्तानीमा रहने टिमको आधिकारिक शान फ्रेन्चाइजले सोमबार घोषण गरेको हो । लखनउसँगै अहमदवाद यस सिजन नयाँ टिमको

रशिला विश्व ब्याडमिन्टनको जुनियर वरियतामा सातौँ स्थानमा

राष्ट्रिय च्याम्पियन रशिला महर्जन विश्व ब्याडमिन्टन महासङ्घले हालै जारी गरेको बरियतामा जुनियर महिला युगलतर्फ सातौँ स्थानमा पुग्न सफल भएकी छिन् । जुनियर महिला एकलतर्फ यसअघि १९औँ स्थानमा रहेकी महर्जन विश्व महिला जुनियरतर्फ उच्च स्थानमा पुगेकी पहिलो नेपाली महिला ब्याडमिन्टन खेलाडी हुन् । नेपाल ब्याडमिन्टन सङ्घले आज प्रेस विज्ञप्ति जारी गर्दै

सेनेगल र मोरोक्को क्वाटरफाइनलमा

नौ खेलाडीमा सीमित केप भर्डेलाई २–० ले पराजित गर्दै सेनेगल मंगलबार राति अफ्रिका कप अफ नेसन्सको क्वाटरफाइनलमा प्रवेश गरेको छ । सेनेगलको जितमा साडियो माने र बाम्बा डीइङले १–१ गोल गरे । ६३औं मिनेटमा मानेले गोल गर्दै सेनेगललाई अग्रता दिलाए । त्यसपछि खेलको इन्जुरी समयमा बाम्बाले गोल गर्दै सेनेगललाई २–०

राजीवको निर्णायक गोलमा आर्मी सेमिफाइनलमा

वैकल्पिक खेलाडी राजिव गुरुङको निर्णायक गोल प्रेरित त्रिभुवन आर्मी फुटबल क्लब ए डिभिजन लिग प्रतिस्पर्धी थ्री स्टारलाई १–० अन्तरमा पराजित गर्दै आहा रारा गोल्डकपको सेमिफाइनलमा पुगेको छ । पोखरा रंगशालामा भएको खेलका ७० औं मिनेटमा राजीवले गरेको एक मात्र गोल निर्णायक बन्यो । राजीवले काउन्टर अट्याकमा सहज गोल गरे ।आर्मीको

बालोटेली चार वर्षपछि इटाली टोलीमा

स्ट्राइकर मारियो बालोटेलीलाई इटालीले बन्द प्रशिक्षणका लागि टोलीमा फिर्ता बोलाउँदा योओ पेड्रोलाई पहिलो पटक टोलीमा समावेश गरेको छ । प्रशिक्षक रोबर्टो मान्चिनीले घोषणा गरेको ३५ सदस्यीय टोलीमा बालोटेलीले टोलीमा पुनरागमन गरेका हुन् । बालोटेलीले पछिल्लो चार वर्षयता इटालीबाट खेलेका छैनन् । ३१ वर्षे बालोटेली जुलाईमा टर्किस सुपर लिग क्लब एडाना

डर्टमण्डलाई धक्का : घाइते हालान्ड उपचारका लागि मैदानबाहिर

बोरुसिया डर्टमण्डका सर्वाधिक गोलकर्ता अर्लिङ हालान्ड चोटका कारण मैदानबाहिर बस्नुपर्ने भएको छ । क्लबले उनको मांसपेशीमा समस्या देखिएको जानकारी दिएको छ । शनिबार होफनहाइमविरुद्ध जीत हासिल गर्ने क्रममा ६३ औँ मिनेटमा घाइते हुँदै मैदान छाड्न बाध्य भएका थिए । त्यसअघि खेलमा २१ वर्षीय नोर्वेजियन खेलाडीको दाहिने घुँडामा उपचार गरेर मैदानमा

आहारारा गोल्डकप : डिफेन्डिङ च्याम्पियनलाई हराउँदै मच्छिन्द्र सेमिफाइनलमा

साविक विजेता संकटालाई हराउँदै मच्छिन्द्र फुटबल क्लब पोखरामा जारी २०औं आहा रारा गोल्डकपको सेमिफाइनलमा पुगेको छ । सोमबार भएको खेलमा मच्छिन्द्रले संकटालाई ४–१ गोलले पराजित गरेको हो । मच्छिन्द्रको जितमा मेसुके ओलामाउ, अभिषेक गुरुङ, मेसुके एटिजिन ओलामाउ र उत्सव राईले समान १\१ गोल गरेका थिए । खेलमा मच्छिन्द्रले खेलको शुरूआतमै

आईसीसी अवार्डमा पाकिस्तानको दबदबा, शाहीन बने वर्षको उत्कृष्ट खेलाडी

हरेक वर्ष आईसीसीले सर्वोत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरुलाई पुरस्कारबाट सम्मानित गर्दछ । सोमबार आईसीसीले सन् २०२१ को उत्कृष्ट खेलाडीहरूको नामको घोषणा गरेको छ । यसपटक आईसीसी अवार्डमा पाकिस्तानी खेलाडीहरूको दबदबा देखिएको छ । भारतबाट स्मृति मन्धानाले मात्र आईसीसीको वर्षको उत्कृष्ट महिला क्रिकेटरको अवार्ड हात पारिन् । पाकिस्तानका कप्तान बाबर आजम वर्षको
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.