नेपाल र मोरिसस बीचको पहिलो खेल आज, रंगशालामा दर्शकलाई अनुमति

नेपाली राष्ट्रिय फुटबल टिम र मोरिससबीचको पहिलो मैत्रीपूर्ण खेल आज हुँदैछ । नेपाल र मोरिसस बीचको खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा ४ः४५ बजे सुरु हुनेछ । नेपालले पहिलो पटक अफ्रिकन राष्ट्रिय टोलीविरुद्ध फुटबल खेल खेल्न लागेको हो । कप्तान किरण चेम्जोङले पहिलो पटक अफ्रिकन राष्ट्रविरुद्ध खेल्न लागेकाले यो फरक अनुभव हुने

टी–२० ग्लोबल क्वालिफायर : नेपालल पहिलो खेल ओमानसँग फेब्रुअरी १८ मा खेल्ने

आईसीसी टी–२० विश्वकप ग्लोबल क्वालिफायर समूह ए को पहिलो खेलमै नेपालले आयोजक राष्ट्र ओमानसँग खेल्ने भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी) ले शुक्रबार टी–२० ग्लोबल क्वालिफायरको समूह ‘ए’को औपचारिक खेल तालिका सार्वजनिक गरेको छ । ग्लोबल क्वालिफायर ए मा सहभागि ८ टिमलाई पनि दुई समूहमा विभाजन गरिएको छ ।

मोरिससविरुद्धको खेल नयाँ अनुभव हुनेछ : कप्तान किरण

राष्ट्रिय फुटबल टिमका कप्तान किरण चेम्जोङले मोरिससविरुद्धको खेल नयाँ अनुभव हुने बताएका छन् । नेपालका लागि अफ्रिकन राष्ट्रविरुद्ध पहिलो खेल हुनेछ । पहिलो पटक मोरिससविरुद्ध शनिबार पहिलो खेल खेल्दैछ । कप्तान किरणले भने,’भर्खर मात्र टिम जोईन गरेको दुई दिन भयो । खेलाडी ब्रेकमा नेशनल टिममा आउनुभाछ । सबै खेलाडी फिट

२०औं आहारारा गोल्डकप : मनाङ र एपीएफमा कसले उचाल्ला ट्रफी ?

सहारा क्बल पोखराले आयोजना गर्दै आएको मोफसलकै प्रतिष्ठित आहारारा गोल्डकपको २०औं संस्करण शनिबार सकिँदैछ । यसपटकको फाइनलमा विभागीय टोली एपीएफ र मनाङ मर्स्याङ्दी उपाधिका लागि भिड्दैछन् । बुधबार र बिहीबार भएको सेमिफाइनल खेलमा एपीएफले थ्रीस्टारलाई १–० गोलअन्तर र मनाङ मर्स्याङ्दी विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई टाइब्रेकरमा ४–३ ले हराउँदै फाइनल

नाडाल छैटौं पटक अष्ट्रेलियन ओपनको फाइनलमा

स्पेनिस टेनिस खेलाडी राफेल नाडाल छैटौं पटक अष्ट्रेलियन ओपनको फाइनलमा प्रवेश गरेका छन् । अष्ट्रेलियाको मेलवर्नमा भइरहेको यस सिजनको पहिलो ग्राण्डस्लाम अष्ट्रेलियन ओपनको पहिलो सेमिफाइनलमा शुक्रबार इटालियन खेलाडी माटेओ बेरेट्टिनीलाई ३–१ को सेटमा पराजित गर्दै नाडाल फाइनल पुगेका हुन् । नाडालले बेरेट्टिनीलाई ६–३, ६–२, ३–६, ६–३ ले पराजित गरे ।

ब्राजिल बराबरीमा रोकियो, अर्जेन्टिना विजयी

आगामी नोभेम्बरमा कतारमा हुने फिफा विश्वकप अन्तर्गत दक्षिण अमेरिकी छनोटमा ब्राजिलले इक्वेडरसँग १–१ को बराबरी खेल्दै अंक बाँडेको छ । खेलको छैटौं मिनेटमै कासेमिरोले गोल गर्दै ब्राजिललाई अग्रता दिलाएका थिए । तर ७५औं मिनेटमा फेलिक्स टवरेसले इक्वेडरका लागि बराबरी गोल फर्काए । नाटकीय रुपमा अन्त्य भएको खेलमा ब्राजिलका गोलकिपर एलिसनले

मोरिसस विरुद्धको मैत्रीपूर्ण खेलका लागि स्वदेश आइपुगे कप्तान किरण

नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान तथा गोलकिपर किरण कुमार लिम्बु (चेम्जोङ) मोरिसस विरुद्धको मैत्रीपूर्ण खेलका लागि स्वदेश फर्किएका छन् । माल्दिभ्सको माजिया स्पोर्ट्स एण्ड रिक्रिएसन क्लबबाट व्यवसायिक फुटबल खेलिरहेका कप्तान किरण राष्ट्रिय टोलीको ड्युटीका लागि बुधबार राति नेपाल आइपुगेका हुन् । किरणलाई राष्ट्रिय टिमका व्यवस्थापक मधुसुदन उपाध्यायले त्रिभुवन विमानस्थलमा स्वागत

मालीलाई पेनाल्टी सुटआउटमा हराउँदै इक्वेटोरियल गिनी क्वाटरफाइनलमा

मालीलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै इक्वेटोरियल गिनी अफ्रिकन कप अफ नेसन्सको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।क्यामरुनमा भइरहेको प्रतियोगिताको अन्तिम प्रिक्वाटरफाइनल खेलको निर्धारित ९० मिनेट र अतिरिक्त समयको खेल गोलरहित बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो । जहाँ २० वर्षीय गोलकिर जेसस ओवाना नायक बने । उनले मालीका दुई पेनाल्टी

मोरिससविरुद्ध सबैलाई अवसर दिन चाहन्छन् अलमुताइरी

नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अबदुल्लाह अलमुताइरीले मोरिससविरुद्ध हुने खेलमा नतिजाभन्दा एक्पोजरलाई बढी जोड दिने बताएका छन् ।अफ्रिकन राष्ट्र मोरिससविरुद्ध नेपालले यही माघ १५ र १८ गते दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्दैछ । त्यसका लागि बुधबार प्रशिक्षक अलमुताइरीले नेपालको टिम घोषणा गरिसकेका छन् । तर, यसपटक उनले फरक तरिकाले

आइभरी कोष्टलाई हराउँदै इजिप्ट क्वाटरफाइनलमा

सर्वाधिक ७ पटकको विजेता इजिप्ट क्यामरुनमा जारी अफ्रिकन कप अफ नेसन्सको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।बुधबार राति भएको प्रिक्वाटरफाइनलमा आइभरी कोष्टलाई पेनाल्टी सुटआउटमा ५–४ ले हराउँदै इजिप्टले क्वाटरफाइनलमा स्थान पक्का गरेको हो । निर्धारित ९० मिनेट र थप गरिएको अतिरिक्त समयको खेल गोलरहित बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.