साफ च्याम्पियनसिपमा माल्दिभ्सको पहिलो जित
साविक विजेता तथा घरेलु टोली माल्दिभ्सले साफ च्याम्पियनसिप–२०२१ मा पहिलो जित हात पारेको छ । राउण्ड रोविन अन्तर्गत आफ्नो दोस्रो खेलमा माल्दिभ्सले बंगलादेशलाई २–० ले पराजित गरेको हो । मालेस्थित नेशनल स्टेडियममा बिहीबार राति भएको खेलमा माल्दिभ्सलाई जित दिलाउन हाम्जा मोहमेद र अलि अस्फाकले गोल गरे । पहिलो हाफ गोलरहित


