क्रोएसियासँगको हारपछि नेयमारले भने, ‘यो हार लामो समयसम्म याद रहनेछ’

फिफा विश्वकपको सेमिफाइनल पुग्ने आफ्नो सपना चकनाचुर भएपछि ब्राजिलका चर्चित फुटबल खेलाडी नेयमारले यो हार लामो समयसम्म याद रहिरहने बताएका छन् । सामाजिक सञ्जालमा भावुक पोस्ट गर्दै उनले लेखेका छन्, ‘यो हारपछि म मानसिक रूपमा टुटेको छु । यो यस्तो हार हो जसले मलाई सबैभन्दा बढी चोट पुयाएको छ ।

फिफा विश्व कप : मोरक्कोको जितमा खुसी भए इमरान खान, भने, ‘यस्तो पहिलो पटक भयो ’

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानले फिफा विश्वकप फुटबलमा पोर्चुगलविरुद्धको जितमा मोरक्को टोलीलाई बधाई दिएका छन् । उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘पोर्चुगललाई हराएर फुटबल विश्वकपको सेमिफाइनलमा प्रवेश गरेकोमा मोरक्कोलाई बधाई छ । पहिलो पटक कुनै अरब, अफ्रिकी र मुस्लिम देशको टोली विश्वकपको सेमिफाइनलमा पुगेको छ । खेलको लागि बधाई छ ।’

सुरुवातमै रोनाल्डो नखेलाउनुमा पश्चाताप छैन :पोर्चुगल प्रशिक्षक

युरोपेली राष्ट्र पोर्चुगललाई १–० ले स्तब्ध बनाउँदै शनिबार राति अफ्रिकन राष्ट्र मोरक्को पहिलो पटक फिफा विश्वकप फुटबलको सेमिफाइनलमा स्थान बनाउन सफल भयो । यस खेलमा पोर्चुगलले भेट्रान स्ट्राइकर क्रिस्टियोनो रोनाल्डोलाई फेरि एकपटक ‘प्लेइङ सेट’ मा राखेन । खेलमा पराजित भएपछि पोर्चुगलका प्रशिक्षक फर्नान्डो सान्तोषले यो निर्णयमा कुनै पश्चाताप नभएको प्रतिक्रिया

रोनाल्डोको नाममा अर्को कीर्तिमान

मोरक्कोसँग पराजित हुँदै पोर्चुगल विश्वकपको क्वार्टरफाइनलबाट बाहिरिएको छ । तर, खेलमा क्रिस्टियानो रोनाल्डोले भने एउटा अर्को कीर्तिमान बनाउन सफल भएका छन् ।मोरक्कोविरुद्धको खेलमा मैदान प्रवेश गरेसँगै रोनाल्डोले सबैभन्दा बढी अन्तर्राष्ट्रिय खेल खेल्ने कीर्तिमानलाई बराबरी गरेका हुन् । अतिरिक्त खेलाडीका रूपमा रहेका रोनाल्डो खेलको ५१ औँ मिनेटमा मैदान प्रवेश गरेका थिए

थरी थरीका फुटबल फ्यानहरू (फोटोफिचर)

दर्शकबिना फुटबल खेलको मज्जा नै हुँदैन । किनभने फुटबल खेलमा २२ जना खेलाडी मात्र मैदानमा भिडिरहेका हुँदैनन् । खेल मैदानबाहिर दर्शक पनि सँगसँगै आफूलाई खेलमा संलग्न गराइरहेका हुन्छन् । दर्शकले नै आफूले समर्थन गरेको टोलीको हौसला बढाइरहेका हुन्छन् भने विपक्षी टोलीलाई गिज्याएर उनीहरूको लय बिगारिरहेका हुन्छन् । कतारमा जारी विश्वकप

कतार विश्वकपमा सेमिफाइनल समीकरण पूरा

मध्यपूर्वी एसिया कतारमा जारी फिफा विश्वकप २०२२ को सेमिफाइनल समीकरण पूरा भएको छ । शनिबार रातिका दुई खेलसँगै सेमिफाइनल पुग्ने चारै टोलीको टुंगो लागेको हो । अन्तिम चारमा युरोपबाट दुई टोली र दक्षिण अमेरिका तथा अफ्रिकाबाट एक एक टोलीले स्थान बनाएका छन् । युरोपबाट साबिक विजेता फ्रान्स र उपविजेता क्रोएसियाले

नेपालका ६ खेलाडी एसियन च्याम्पियनसिपका लागि छनोट

नेपालका ६ खेलाडी एसियन टेबलटेनिस च्याम्पियनसिप छनोटमा सहभागी हुने भएका छन् । लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा जारी साउथ एसियन रिजनल च्याम्पियसिप २०२२ को शीर्ष १६ वरियतामा स्थान बनाउँदै ६ खेलाडीले एसियन टेबल टेनिस च्याम्पियनसिप छनोट खेल्ने पक्का गरेका हुन् । पुरुषतर्फ पाँच खेलाडी छनोट हुँदा महिलातर्फ एक खेलाडी छनोट

विश्वकप फुटबलको सेमिफाइनल समीकरण पूरा

कतारमा जारी फिफा विश्वकप फुटबलको सेमिफाइनल समीकरण पूरा भएको छ । शनिबार रातिबाट क्वाटरफाइनल खेल सकिएसँगै विश्वकपको सेमिफाइनल पूरा भएको हो । सेमिफाइनल साविक विजेता फ्रान्स, साविक उपविजेता क्रोएसिया,अर्जेन्टिना र मोरक्कोले स्थान बनाएका छन् । अब सेमिफाइनलको पहिलो खेलमा फाइनल प्रवेशको लागि मंगलबार अर्जेन्टिना र क्रोएसियाबीच प्रतिस्पर्धा हुनेछ ।अर्जेन्टिनाले क्वाटरफाइनलमा

इङ्ग्ल्यान्डलाई हराउँदै फ्रान्स विश्वकपको सेमिफाइनलमा प्रवेश

फ्रान्स विश्वकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । इङ्ग्ल्यान्डलाई २–१ ले पराजित गर्दै फ्रान्स सेमिफाइनलमा प्रवेश गरेको हो । कतारको अल बायत रंगशालामा सम्पन्न क्वार्टरफाइनल खेलमा फ्रान्सले खेलको १७ औं मिनेटमा अग्रता लियो भने पेनाल्टीमार्फत गोल गर्दै इङ्ग्ल्यान्डले ५४ औं मिनेटमा बराबरी गोल फर्कायो । तर, खेलको ७८ औं मिनेटमा

पोर्चुगललाई हराउँदै मोरक्को सेमिफाइनलमा

पोर्चुगललाई पराजित गर्दै मोरक्को सेमिफाइनलमा प्रवेश गरेको छ । मोरक्कोले पहिलो हाफमा गरेको एक मात्र गोल खेलमा निर्णायक बन्यो । क्वार्टरफाइनल खेलको ४२ औँ मिनेटमा युसेफ एन नेसरीले गोल गर्दै मोरक्कोकालाई अग्रता दिलाएका थिए । योसँगै नेसरी विश्वकपमा मोरक्कोका लागि सर्वाधिक गोलकर्ता बनेका छन् । उनले हालसम्म प्रतियोगितामा ३ गोल
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.