मोरक्कोलाई हराउँदै फ्रान्स विश्वकप फुटबलको फाइनलमा
फ्रान्स फिफा विश्वकप फुटबलको फाइनलमा प्रवेश गरेको छ। बुधबार राति भएको दोस्रो सेमिफाइनलमा मोरक्कोलाई २–० गोल अन्तरले हराउँदै साबिक विजेता फ्रान्स फाइनलमा पुगेको हो। फ्रान्सको जितमा थिओ हर्नान्डेज र रान्डल कोलो मुआनीले गोल गरे। खेलको सुरुवातमै पहिलो गोल गरेको फ्रान्सले दोस्रो गोल दोस्रो हाफको अन्तिमतिर थपेको थियो। पाँचौं मिनेटमै हर्नान्डेजले


