के.बी. मेमोरियलको अविस्मरणीय शैक्षिक भ्रमण - Crazysaptahik.com

के.बी. मेमोरियलको अविस्मरणीय शैक्षिक भ्रमण

भूमिप्रसाद पाठक

मोरङको पथरीशनिश्चरे–१० मा अवस्थित के.बी. मेमोरियल अङ्ग्रेजी बोर्डिड्ड हाई स्कूलको शैक्षिक भ्रमण यही मङ्सीर २७ गते शुव्रmबारको दिन गरियो । सो भ्रमण दलको नेतृत्व विद्यालयका संस्थापक निर्देशक पुष्पबहादुर चौहानले गर्नुभएको थियो ।

उक्त भ्रमणमा ३२ जना विद्यार्थी, ११ जना शिक्षक र १ ड्राइभर गरी ४२ जना भ्रमणमा सामेल भयौ । नेपालको प्रदेश नं. २ मा रहेको प्रसिद्ध जनकपुरधाम भ्रमणमा कक्षा ८, ९ र १० का विद्यार्थीहरु र ती कक्षामा पढाउने शिक्षकहरु पनि भ्रमणमा सामेल भयौ । हामी भ्रमणमा जाने भनेपछि त्यही बिहानदेखि विद्यालयका सहायक प्रिन्सिपल कुरुक्षेत्र नेपाल सरले जान चाहने इच्छुक सरहरु, मिस÷मेडमलाई फोन घुमाउन थाल्नु भयो । विद्यालयका प्रिन्सिपल किशोर खड्का पहिलेदेखि नै जान उत्साहित हुनुहुन्थ्यो । विद्यालयका सबै शिक्षकहरु मनोज शाह, रेवत निरौला, संयोजक लिम्बु, उमेश राई, म पङ्क्तिकार र मिस आरती तामाङ रिगुवा चौकमा भेला भयौँ । हामी यहाँबाट ६ः३० बजे हिँड्यौ, बिहानको चिसो सिरेटो हावासँगसँगै हाम्रो बसको यात्रा निकै असहज नै थियो ।

पथरीबाट हाम्रो यात्रा प्राम्भ भयो, कानेपोखरी, लक्ष्मीमार्ग, बेलबारी, विराटचौक, इटहरी हुँदै सुनसरी जिल्लाको रामधुनी नगरपालिकाको झुम्का बजारमा ७ बजेर १५ मिनेट जाँदा हाम्रो गाडी रोकियो । सबैलाई बेलुकाको भातले छोडीसकेको थियो, भोक लागेकाले खाजा खानतिर सबै विद्यार्थीहरु, सरहरु लाग्न थाल्नुभयो । त्यसपश्चात् ८ः१२ बाट हाम्रो यात्रा अगाडि बढ्यो । कोशी गाउँपालिकाभित्र पर्ने लौकीको फाँटिलो खेतीयोग्य जमिन र सडक छेउमा बनेका बाक्लै घरहरु नियाल्दै हाम्रो यात्रा अघि बढिरह्यो । १ सयको ररुतारमा हिँडेको हाम्रो स्कुल बस भन्टाबारी पुग्यो । भन्टाबारी सस्तो केरा पाइने ठाउँ रहेछ ।

काठमाडौँ आउँदा–जाँदा यात्रुहरुले पनि त्यही सस्तोमा केरा किन्दा रहेछन् । त्यसपश्चात् कोशी किनारै–किनार हाम्रो यात्रा अघि बढ्दै थियो । २ वटा भारततिरका पिल्लर हाम्रा विद्यार्थीलाई विद्यालयका संस्थापक निर्देशक चौहानले भन्नुभयो– ऊ त्यो नेपाल र भारतको सीमाना हो । हाम्रो देशको सीमाना चारैतिर मिचेको कोशी नदीको किनारा परसम्म प्रष्टै २ वटा पिल्लर देखिन्थ्यो । त्यो हेर्दै हामी सप्तकोशी नदीतर्फ अघि बढ्यौं सरर चिल्लो बाटो कहीँ साँघुरो, कहीँ फाँटिलो परेको, कहीँ बिग्रेको मर्मत भएको सडकको अवस्था देख्न पाइयो । नदीले बगाएर बनाएको बालुवाको ढिस्को पनि यात्रामा विद्यार्थीहरुले देख्न पाए ।

बिहानको ८ः४५ मा कोशी ब्यारेजमा पुग्यौ। ५६ वटा ढोकामा देखिएका पिल्लरमै लेखिएको हाम्रा विद्यार्थीहरुले पढ्न भ्याए । वर्षायाममा ५६ वटै ढोका खुल्ला गर्दा भारतको बिहार राज्य डुब्ने र भारतको बिहार राज्यमा सप्तकोशी नदीलाई ‘बिहारको दुःख’ भन्ने गरेको पाइन्छ । त्यसरी नै हाम्रो यात्राले निरन्तरता पाइरह्यो । असली बुढा बाजेको पेडा पसल हुँदै, सप्तरीको बरमझिया पुग्यौ । त्यहाँ पेडाका लागि प्रसिद्ध रहेको छ । हामी प्रदेश नं. २ को सप्तरी जिल्लामा प्रवेश ग¥यौ । बरमझियामा पेडा पसल जहाँतही देख्न पाइन्छ ।
त्यससँगै कन्चनपुरबाट हाम्रो यात्रा अघि बढ्यो, सप्तरी जिल्लाकै कोशी नदीले उजाड पारेको ठाउँ हेर्दै हाम्रो यात्राले गति लिईरह्यो । भारदहमा कङ्कालिनी माइको मन्दिर बाटोबाट हेर्दै, कोशीघाटको पुल छेउ हुँदै सम्म परेको भूभाग वरिपरि बाँसघारी सुन्दर, हरियाली दृश्यको अवलोकन गर्दै, तिरहुत गाउँपालिका रुपनगरमा प्रशस्त रुपमा आँपका बोटबिरुवा देख्न पायौ । सडकका दुवै छेउमा रोपिएका आँपका बोटहरुले स्वागत गरेझै लाग्ने गर्दथ्यो ।

त्यससँगै, हामी सप्तरीको सिमराबाट हाम्रो भ्रमण महुली, महुलीबाट त्यहीँबाट देखिने चुरे पहाडको मनमोहक दृश्य गोचर गर्दै, रुपनी गाउँपालिका पर्ने ठाउँहरु हेर्दै अगाडि बढ्यौ । तिरहौता वीरेन्द्रनगरको ‘भगवती टे«डर्स’ मा बसमा डिजेल लगाएर सप्तरीकै कल्याणपुर पुग्यौ । कल्याणपुर शम्भुनाथ गाउँपालिकामा पर्ने सानो ठाउँ रहेछ । बाटाका दुवै छेउ पनि आँपका बोटहरु भेटियौँ । जेठ असारमा धेरै आँप त्यहाँबाट अन्यत्रतिर आयत हुँदोरहेछ भन्ने थाहा भयो । त्यसपछि, हामी सिरहा जिल्लाको लाहान नगरपालिकामा लाहान बजारको अस्तव्यस्तता देख्यौ । साह्रै व्यस्त बजारको रमझमको दृश्य देखेपछि धनगढीमाई नगरपालिकामा कान्छी बजारको जिरोमाइलबाट हाम्रो यात्रा सहज ढंगबाट अघि बढ्यो । गोलबजार नगरपालिका भित्र पर्ने बसाहा हुँदै, गोलबजारबाट युवक कवि सिद्धिचरण श्रेष्ठको जन्मभूमि ओखलढुङ्गा जाने बाटोलाई पनि सबैले नियाल्यौ । पुरानो चहर्वा, नरहा गाउँपालिका मारुती सिमेन्टको कारखाना हेर्दै, मिरचैया बजारमा टेक्यौ ।

व्यापारिक हिसाबले मिरचैया बजार निकै प्रसिद्ध रहेको छ । मध्य पूर्वको एक मात्र बजारमा सबै चिज पाइदोरहेछ । विशेषगरी मधेशी समुदायको बसोबास रहेको यो बजार मध्य तराईको ठूलो बजारको रुपमा लिन सकिन्छ । त्यसरी नै, बन्दीपुरको साँगुरो सडक र कमला नदी पार गरेपछि धनुषा जिल्लाको गोदार बजारको राजमार्ग गणेशमानसिंह गाउँपालिकामा पर्दोरहेछ । त्यहाँबाट हाम्रो गन्तव्यसम्म पुग्न केही समय बाँकी नै थियो । त्यसैलाई धैर्य राखी धारापानी बजार पुग्यौ, यो धनुषधाम नगरपालिकामा पर्नेरहेछ । त्यहाँबाट मिथिला नगरपालिका भित्रपर्ने लालभित्ती हुँदै ११ बजेर १४ मिनेटमा ढल्केवर अर्थात् ढल्केवर बजार पुग्यौ । त्यहीबाट जनकपुर जाने बाटोमा बस अगाडि बढिरहेको थियो । प्रदेश २ ले चार लेनको ‘वान–वे’ बाटो बनाएको पनि देख्न सकिन्छ ।

त्यो बाटो जनकपुरधाम पुगुन्जेलसम्म बाटो निर्माण भैरहेको दृश्य हेर्दै, कही बनिसकेको फराकिलो चार लेनको बाटो हेर्दा, हामीलाई असाध्यै मनोरम लाग्यो । त्यसपश्चात्, महेन्द्रनगर बजार हुँदै क्षीरेश्वर नगरपालिका रहेको स्थानीय बजारको दिन रहेछ । मानिसको दैनिक जीवनमा प्रयोग हुने सामान बेच्न राखिएको थियो त्यो बजारमा । महेन्द्रनगरबाट हाम्रो यात्रा जनकपुरधाम उपनगरपालिकाको जनकपुर लाग्यो । लगभग जनकपुरधाम १२ बजेर ३७ मिनेटमा पुग्यौ । गाडी पार्किङ गरेर हामी बसबाट उत्रियौ । ५ घण्टाको एकोहोरो यात्राले हामी थकित भएका थियौ । करिब २ सय २३ किलोमिटरको यात्रा तय गरिसकेका थियौ । जानकी मन्दिरको गेटमा पुग्नेबित्तिकै राजा जनकको सालिक देखेर हामी अचम्मित भयौ । प्राचीन ऐतिहासिक राजामहर्षि जनक राजाले बनाएको मन्दिरको ऐतिहासिक पुरातात्विक हिसाबले अत्यन्त महत्वपूर्ण छ ।

त्यसको सम्पूर्ण जानकारी हाम्रा विद्यार्थीहरुले लिए । समय घड्किसकेको थियो, जानकी धाममा रहेको मारवाडी होटल ‘वैष्णव भगीरथ भोजनालय’ मा खाना खाएपछि बल्ल हाम्रो भोक अलि शान्त भयो । अब, हामी भने मन्दिरको परिसर प्रवेश ग¥यौ । जानकी मन्दिरको गेटबाट हाम्रो भ्रमणमा सहभागी विद्यार्थीहरुले चप्पल, जुत्ता बाहिर नै राखेर मन्दिरको भित्री भागमा छि¥यौ । सबै विद्यार्थीको टिकट कुरुक्षेत्र सरले अघि नै रु. १५।– का दरले काटिसक्नु भएको रहेछ । त्यहाँस्थित विद्य्त चलचित्रबाट जडान गरेको धनुषधाम, रामजानकी मन्दिर, तुलसीदास महाराजको दृश्य पनि हे¥यौं । त्यहाँ विद्युतीय चलचित्रको दृश्य हेर्दा जोकोही पनि मुग्ध हुने ठाउँ रहेछ । साँच्चै नै प्राचीन कालमा जनक राजाले बनाएको मन्दिरको चर्चा गरेर साध्य छैन ।

त्यस्तै, जनकपुरधामको अरु ऐतिहासिक ठाउँ धनुष पोखरी पनि विद्यार्थीलाई घुमाउन भ्यायौ । शहरको बीच भागमा रहेको, सफा, स्वच्छ पानी धनुष पोखरी महत्वपूर्ण धाम रहेको हामीसँगै भ्रमणमा गएका विद्यार्थीले बुझ्ने मौका पाए । वास्तवमा, किताबी ज्ञानभन्दा पनि हेरेर, त्यहाँको अवस्थाको बारेमा जान्ने अवसर विद्यार्थीहरुले पाउने गर्दछन् । विशेषतः हाम्रो शैक्षिक भ्रमण प्रयोगात्मक परीक्षाको हिसाबले २५ पूर्णाङ्कको त्यसमा विशेष सामाजिक अध्ययनका विद्यार्थीहरुलाई यसले धेरै फाइदा पु¥याउने गर्दछ । सैद्धान्तिक ज्ञानभन्दा पनि व्यवहारिक ज्ञानबाट बढी भ्रमणको उपलब्धिलाई विद्यार्थीहरुले बुझ्ने गर्नुपर्छ । यो शैक्षिक भ्रमणको उपलब्धि हासिल गरेर विद्यार्थीले आत्मसाथ गरे यसबाट प्रशस्त ज्ञान आर्जन गर्न सकिन्छ । त्यसपछि हामी २ बजेर ४५ मिनेट जाँदा त्यहाँबाट फर्कियौं । मौसम चिसो थियो, यात्रा त त्यति सहज थिएन तर पनि हामी आफ्नो घर आइपुग्ने बाध्यता थियो । हामी सजिलै घर आइपुग्यौ । त्यसैले हाम्रो यस जनकपुरधामको शैक्षिक भ्रमण कक्षा ८, ९ र १० का विद्यार्थीहरु तथा शिक्षकका लागि अविस्मरणीय रहेको छ ।

– पथरीशनिश्चरे–१, एकता चौक (मोरङ)

सम्बन्धित खवर