दक्षिण भारतीय मिडिया र मनोरञ्जन उद्योगको कमाइ साढे ३ बिलियन डलर - Crazysaptahik.com

दक्षिण भारतीय मिडिया र मनोरञ्जन उद्योगको कमाइ साढे ३ बिलियन डलर

सन् २०२२ मा दक्षिण भारतीय मिडिया र मनोरञ्जन उद्योगको आम्दानीमा ३३ प्रतिशत वृद्धि भएको छ । नयाँ विवरणअनुसार उक्त उद्योगको कमाइ बढेर ३.५७ बिलियन अमेरिकी डलर पुगेको छ ।

‘दक्षिण भारत : मिडिया र मनोरञ्जनमा नयाँ उपलब्धि’ शीर्षक दिइएको उक्त विवरणलाई एम एमक्यूबले तयार पारेको थियो । जसलाई हालै एक सम्मेलनमा सार्वजनिक गरियो । यसले दक्षिण भारतीय राज्यहरु तमिलनाडु, आन्ध्र प्रदेश, तेलंगना, कर्नाटक, केरलासहित केन्द्र शासित पुडुचेरीमा रहेका फिल्म, टेलिभिजन, स्ट्रिमिङ–डिजिटल, रेडियो र प्रिन्ट व्यवसायको आम्दानीलाई चित्रण गर्छ ।

सन् २०२२ मा फिल्मको कमाइ अन्य क्षेत्रभन्दा अत्यधिक देखिएको छ । सन् २०२१ मा कोरोना महामारीले प्रभावित फिल्मको क्षेत्रको कमाइ सन् २०२२ मा वृद्धि भएर ९५५ मिलियन डलरको कमाइ गयो । यो वृद्धि अघिल्लो वर्षभन्दा ९६ प्रतिशतले बढी हो ।

टेलिभिजनतर्फ १९ प्रतिशत बढेर २०२२ मा १५५ मिलियन मिलियनको राजस्व रेकर्ड राख्यो । समग्रमा सन् २०२३ मा ४.१ बिलियन डलर कमाइ पुग्ने प्रक्षेपण गरिएको छ । दक्षिण भारतले देशको कुल जनसंख्याको २० प्रतिशत ओगटेको छ, तर कुल गार्हस्थ उत्पादनमा ३१ प्रतिशत योगदान दिन्छ ।

उदाहरणका लागि सन् २०२२ मा भारतीय फिल्मको कुल कमाइ १.८ बिलियन डलर रह्यो, जसमा दक्षिण भारतीय फिल्मको हिस्सा ९५५ मिलियन डलर अर्थात् ५२ प्रतिशत छ । सन् २०२२ मा दक्षिण भारतमा ३५९ मिलियन डलरका साथ सबैभन्दा ठूलो बजार तमिल फिल्मको रह्यो ।

पोन्नियन सिल्वन १, विक्रम जस्ता फिल्म उक्त वर्ष सबैभन्दा हिट रहे । त्यसपछि तेलुगू फिल्म उद्योग रह्यो, जसको नेतृत्व ‘आरआरआर’ले गयो । तेलुगू फिल्मको बजार ३०५ मिलियन डलर रह्यो ।

१९१ मिलियन डलरसहित कन्नड उद्योग तेस्रोमा रह्यो । जसमा केजीएफ ः च्याप्टर २ र कान्तारा सबैभन्दा हिट रहे । अकोतर्फ ‘भीष्म पर्वम’को नेतृत्वमा ९९.४ मिलियन डलरसहित मलयालम भाषाको उद्योग पनि सफल रह्यो ।

विवरणअनुसार भारतमा फिल्म हलको संख्या ८ हजार ७०० पुगेको छ । जसमध्ये दक्षिण भारतमा ४ हजार २१६ वा ४८ प्रतिशत छ । जसमध्ये ३ हजार ७८ सिंगल स्क्रिन र १ हजार ३८ मल्टिप्लेक्स छन् ।

सम्बन्धित खवर