काठमाडौ- नेपाली चलचित्रमा कुनै बेला निकै चर्चा बटुलेकी नायिका रेखा थापा यतिबेला आफ्नो शरीरलाई मेन्टेन गर्न आफ्नै घरमा व्यायाम गर्दै आएकी छिन् ।
नारी प्रधान फिल्म बनाएर नेपाली दर्शकको मन जितेकी थापा यतिबेला विश्वभर फैलिएको कोरोना भाइरसले गर्दा घरमा नै बस्न बाध्य भएकी छिन् । तथापी , उनले आफ्नो नयाँ फिल्मको लागि आफ्नो शरीरलाई भने तन्दुरुस्त राखेकी छिन् ।
नायिका थापाले आफ्नो मनलाई एकाग्र बनाउन मंगलबारबाट १० दिने मौन ब्रत थालेकी छिन् । कोभिड १९ कोरोना भाइरसले देशलाई आतंक बनाइरहेको बेला उनी भने मनलाई शान्त पार्न बुढानिलकण्ठ स्थित विपश्यना गएकी छिन् । अबको दश दिन नायिका थापा सामाजिक सञ्जाल तथा मोबाइलबाट टाढा रहेने भएकी छिन् ।
दैनिक १७ घण्टा साधना गरी एक छाक मात्र खाने र मन ,शरीर र आत्मालाई सकारात्मक बनाउन यति बेला नायिका थापा विपश्यना पुगेकी छिन् ।