पथरी शनिश्चरेमा भूमि समस्या समाधानमा छलफल - Crazysaptahik.com

पथरी शनिश्चरेमा भूमि समस्या समाधानमा छलफल

क्रेजी साप्ताहिक
पथरी । पथरी शनिश्चरे नगरपालिका कार्यालयले नगरका सुकुम्बासी तथा अव्यवस्थित बसोबास समस्या पहल समितिसँग भूमि समस्या समाधानका बारेमा बुधबार बैठकमा छलफल गरेको छ ।

भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीका लागि सरकारले गठन गरेको भूमि सम्बन्धि समस्या समाधान आयोगका लागि नगरका तर्फबाट सम्पादन गर्नुपर्ने कामहरु तदारुकताका साथ अघि बढाउने बैठकमा निर्णय भएको छ ।

नगर प्रमुख दिलीप कुमार राई (किशोर), उपप्रमुख यमुना विष्ट वास्तोला सहितका कार्यपालिका सदस्य र सुकुम्बासी तथा अव्यवस्थित बसोबास समस्या पहल समितिका संयोजक जहरमान लिम्बू, उपाध्यक्षमध्येका मानबहादुर  विश्वकर्मा, सचिव देवेन्द्र वनेम सहितका सदस्यबीच छलफल भएको हो ।

सवैको सहकार्यमा आयोगले पाएको अख्तियारीमा नगरपालिका कार्यालयले सहयोगी र सवन्वयकारी भूमिका निर्वाह गरेर समस्या समाधानमा जुटन्े निर्णय भएको नगर प्रमुख राईले जनाउनु भयो । मंसिर २२ गते प्रदेश राजधानी विराटनगरमा भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको समस्या समाधानको प्रक्रिया थाल्न पथरी शनिश्चरे सहितका पालिकाहरुसँग आयोगले समझदारीपत्रमा हस्ताक्षर गरेको पनि उहाँले छलफलमा जानकारी गराउनुभयो । नगरपालिकाले आयोगको सहयोग र समन्वयका लागि समिति निर्माण, कार्यालय व्यवस्थापन तथा कर्मचारी व्यवस्थापनको क्रम अघि बढाएको छ ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.