
क्रेजी साप्ताहिक
पथरी । स्थानीय महासंघ तथा सामुदायिक वन उपभोक्ता समूहहरुको संस्थागत क्षमता विकास सम्बन्धी अभिमुखीकरण कार्यक्रम शुक्रबार सम्पन्न भएको छ ।
पथरी शनिश्चरेको हरियाली सामुदायिक वन उपभोक्ता समूहको सभाहलमा भएको सो कार्यक्रममा मोरङ जिल्लाका ९ वटा नगर महासंघ, ३ वटा गाउँ महासंघ र ६ वटा नगर महासंघका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।
सामुदायिक वन जिल्ला महासंघको आयोजनामा भएको अभिमुखीकरण कार्यक्रममा प्रदेश महासंघका अध्यक्ष तुलसी संग्रौला र संघीय महासंघका कोषाध्यक्ष पार्वता गौतमले सहजीकरण गर्नुभएको थियो ।

सामुदायिक वनहरूको लामो समयसम्म कोभिड १९ ले गर्दा निश्क्रिय भएकोले सक्रिय र प्रशिक्षित गराउनको लागि सो कार्यक्रमको आयोजना गरिएको मोरङ जिल्ला महासंघका सदस्य तथा पथरी शनिश्चरे नगर अध्यक्ष रविन्द्र राईले जानकारी दिनुभयो ।

