पथरीमा ‘क्युट कट पार्लर एण्ड एकेडेमी’ उद्घाटन - Crazysaptahik.com

पथरीमा ‘क्युट कट पार्लर एण्ड एकेडेमी’ उद्घाटन


क्रेजी संवाददाता
पथरी । मोरङको पथरी शनिश्चरे नगरपालिकाको पथरी बजार सिनेमा हल लाइनमा ‘क्युट कट पार्लर एण्ड एकेडेमी’ सोमबार भव्य समारोहका बीच उद्घाटन गरिएको छ ।
अत्याधुनिक सौन्दर्य सेवा प्रदान गर्ने र दक्ष जनशक्ति उत्पादन गर्ने लक्ष्यका साथ सञ्चालनमा आएको यस एकेडेमीको पथरीशनिश्चरे नगरपालिकाकी उपमेयर देवीमाया काफ्लेले रिबन काटेर एकेडमी उद्घाटन तथा केक काटेर पार्लरको ७ औं वार्षिकोत्सवको शुभारम्भ गर्नुभएको हो ।
उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि एवं उप–प्रमुख काफ्लेले स्थानीय स्तरमै प्राविधिक र व्यावसायिक सीप सिकाउने यस्ता संस्थाले युवाहरुलाई स्वरोजगार बन्न ठूलो मद्दत पु¥याउने बताउनुभयो ।
एकेडेमीमा प्रदान गरिने तालिम र सेवाहरुबारे प्रष्ट पार्दै संचालक तथा प्रमुख प्रशिक्षक रेखा बस्नेतले तालिममार्फत प्रशिक्षार्थीहरुलाई अनुहार सौन्दर्य (फेसियल), हेयर कट, मेकअप, स्किन केयर, म्यानिक्योर, पेडिक्योर लगायतका आधारभूत ब्युटी सेवा सम्बन्धी सम्पूर्ण व्यावहारिक र प्राविधिक सीप प्रदान गरिने जानकारी दिनुभयो । कार्यक्रममा विशिष्ट अतिथिका रुपमा पथरीशनिश्चरे वडा नम्बर १ का वडाध्यक्ष भीमकुमार राई र वडा नम्बर ७ का वडाध्यक्ष उद्धव बस्नेत उपस्थित हुनुहुन्थ्यो । अतिथिहरुमा पथरी उद्योग वाणिज्य संघका अध्यक्ष दीपक बस्नेत, पूर्व महासचिव तुलसी ढकाल, उर्लाबारी उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष चन्द्रबहादुर भट्टराई ‘भरत’ लगायत स्थानीय तथा सरोकारवालाहरुको उल्लेख्य सहभागिता रहेको थियो ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.