आईसीसी वरीयतामा विलियमसनको छलाङ
श्रीलंकाविरुद्धको दोस्रो टेस्टमा दोहोरो शतक हिर्काएका न्युजिल्याण्डका केन विलियमसनले आईसीसी टेस्ट ब्याट्सम्यानको वरीयतामा दोस्रो स्थानमा उक्लिएका छन् । उनी चार स्थानमाथि उक्लँदै अस्ट्रेलियाका मार्नस लाबुसेनभन्दा पछि रहेका छन् । टेस्ट ब्याट्सम्यानको वरीयतामा तेस्रो स्थानमा स्टीभ स्मिथ रहेका छन् भने चौथो र पाँचौँ स्थानमा क्रमशः जो रुट र बाबर आजम छन्

