‘जोन वीक च्याप्टर ४’ आजबाट नेपालमा रिलिज

आजबाट हलिउड फिल्म ‘जोन वीक च्याप्टर ४’ रिलिज भएको छ । नेपालका मल्टिप्लेक्स हलबाट फिल्म प्रदर्शनमा आएको हो । फिल्म नेपाल रिलिज अधिकार सिंंहदेवी प्रोडक्सनले लिएको छ । नेपालमा अहिलेसम्मकै महंगो मूल्यमा ‘जोन वीक ४’ को राइट्स खरिद गरेको सिंहदेवी प्रोडक्सनका सञ्चालक जुनिम गहतराजले बताए । केइनु रिभ्स स्टारर फिल्म

निर्देशक समाजको अध्यक्ष उठ्ने जनकदिपको घोषणा

नेपाली चलचित्रका निर्देशकहरुको छाता संगठन नेपाल चलचित्र निर्देशक समाजको १५ औं महाधिवेशन शनिबार राजधानीमा आयोजना हुँदैछ । केहि अगाडि संघकी अध्यक्ष रक्षासिंह राणाको अध्यक्षतामा बसेको संघको बैठकले अधिवेशनको मिति तय गरेको हो । अधिवेशन मिति नजिकिएसँगै अध्यक्ष पदमा जनकदीप पराजुलीले उम्मेदवारी घोषणा गरेका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमा आफ्ना

पत्रकारलाई ‘दुर्व्यवहार’ गरेको आरोपमा सलमानविरुद्ध मुद्दा, मार्च ३० मा फैसला

बम्बई उच्च अदालतले अप्रिल २०१९ मा एक पत्रकारसँग कथित दुर्व्यवहारको सम्बन्धमा अभिनेता सलमान खानको पुनरावेदनमा मार्च ३० मा आफ्नो फैसला सुनाउने भएको छ। आफ्नो पुनरावेदनमा सलमान खानले तल्लो अदालतले जारी गरेको अदालतमा उपस्थित गराउने आदेशलाई चुनौती दिएका छन् । समाचार एजेन्सी पीटीआईका अनुसार उच्च अदालतले बिहीबार दुवै पक्षको तर्क सुनेर

दीपक बज्राचार्यको ब्यान्डका पूर्व सदस्य सुवर्ण व्यञ्जनकारको निधन

गायक दीपक बज्राचार्यको ब्यान्डका पूर्व सदस्य सुवर्ण व्यञ्जनकारको बुधवार निधन भएको छ । उनी लामो समयदेखि मिर्गौला सम्बन्धी रोगबाट ग्रसित थिए । उनको उपचारका लागि दीपक बज्राचार्यले आर्थिक सहयोग सङ्कलन गर्दै आएका थिए । केही दिन अघि उनले ६ लाख रुपैयाँ सुवर्णलाई प्रदान गरेका थिए । दीपकले नै उनको मृत्युबारे

जब हात्ती स्याहार्ने बोमन र बेलीले उचाले ओस्कारको ट्रफी

गुनीत मोंगाको डकुमेन्ट्री ‘द एलिफेन्ट व्हिस्पर्स’ले ओस्कार अवार्ड जितेदेखि नै चर्चाको विषय बनेको छ । यो फिल्मले ओस्कार जितेपछि यसमा चित्रण गरिएको जोडीको बारेमा पनि दर्शकको चासो बढेको छ । यो डकुमेन्ट्री तमिलनाडुका बासिन्दा बोमन र बेलीको जीवनमा आधारित छ, जो हात्तीको बीचमा बस्छन् र उनीहरूको हेरचाह गर्छन् । बोम्यान

तेस्रो बुद्ध थिएटर फेस्टिभल सोमबारदेखि राष्ट्रिय नाचघरमा

विश्व रंगमञ्च दिवसको अवसर पारेर बुद्ध थिएटर फेस्टिभलको तेस्रो संस्करण आगामी सोमबारदेखि काठमाडौंमा हुने भएको छ । जमलस्थित राष्ट्रिय नाचघरमा हुने महोत्सव चैत १७ गतेसम्म चल्ने आयोजकले जारी गरेको वक्तव्यमा उल्लेख छ । गौतम बुद्धको दर्शन तथा बोधिसत्वको प्रभावलाई रंगमञ्चमार्फत विश्वमाझ चिनाउने उद्देश्यले फेस्टिभल आयोजना गरिएको महोत्सवका निर्देशक तथा ‘छक्कापञ्जा

नेवारी परम्परामाथि फिल्म बनाउँदै प्रदीप खड्का, बोर्डमा दर्ता गरे ‘बार्हा सी’

अभिनेता प्रदीप खड्काले आफ्नो कम्पनी प्रदीप मिडिया प्रालिबाट फिल्म ‘बार्हा सी’ निर्माण गर्ने भएका छन् । उक्त शीर्षकमा चलचित्र विकास बोर्डमा फिल्म दर्ता गर्दै उनले निर्माण इजाजत लिएका छन् । नेवारी भाषामा राखिएको उक्त शीर्षकको अर्थ हुन्छ, नेवारी समुदायमा गुफा बस्ने चलन । एक करोडभन्दा बढी बजेटमा निर्माण हुने बताइएको

तेस्रो पटक पिता बने पाकिस्तानी गायक आतिफ असलम

पाकिस्तानी अभिनेता तथा गायक आतिफ असलम छोरीको पिता बनेका छन् । आतिफ आफैँले यो खबर आफ्ना प्रशंसकमाझ साझा गरेका छन् । आतिफ र उनकी श्रीमती सारा भरवानाले आफ्नो तेस्रो सन्तानलाई स्वागत गरेका छन् । अभिनेताले छोरीको सुन्दर तस्बिर इन्स्टाग्राममा सेयर गरेका छन् । तस्बिरमा छोरी सुतिरहेको देख्न सकिन्छ । फोटो

चलचित्रमा पात्रलाई पहिचान बनाएका विपिन

नेपाली चलचित्रमा नाम भन्दा पनि निर्वाह गरेको भूमिकामार्फत चिनिने अभिनेता मध्येका एक हुनुहुन्छ, विपिन कार्की । ‘लूट’, ‘छड्के’, ‘पशुपति प्रसाद’, ‘नाका’, ‘हरि’लगायत चलचित्रमा निर्वाह गर्नुभएको चरित्रले पहिचान स्थापित भएता पनि अभिनेता कार्कीलाई ‘जात्रा’पश्चात् दर्शकले चिनेका हुन् । ‘जात्रै जात्रा’, ‘प्रसाद’, ‘सेल्फी किङ’मार्फत आफूसँगै चरित्रमा भिन्नता ल्याउन सफल अभिनेता कार्की रङ्गमञ्च

नयाँ वर्षमै रिलिज होलान् यी ४ फिल्म ?

राम्रो मितिमा फिल्म प्रदर्शनमा लागि जहिले पनि निर्माता निर्देशकबिच तछाडा मछाड हुने गर्छ । झन् नयाँ वर्षमा त फिल्मको भिड नै लाग्छ । यो नयाँ वर्षमा पनि ४ फिल्म भिड्ने देखिएको छ । केही अगाडि ५ फिल्म भिड्ने भनिए पनि ‘भगवत् गीता’ समयमा छायांकनमा हुन नसक्दा (४ फिल्म) ‘नाईं नभन्नू
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.