दुई क्रिकेटरलाई जनही २ लाख दिने मधेस सरकारको घोषणा
आइसीसी क्रिकेट विश्वकप–२ एकदिवसीय प्रतियोगितामा नेपालले बिहीबार शानदार जित हासिल गरेकोमा मधेस प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले नेपाली टोलीलाई हार्दिक बधाई ज्ञापन गरेका छन् । विश्वकप छनौट प्रतियोगितामा बिहीबार युएईमाथि गौरवपूर्ण जित हासिल गरेकोमा उनले नेपाली टिम, प्रशिक्षक तथा खेलाडीहरूलाई बधाई दिएका हुन् । उनले मधेस प्रदेशका खेलाडी गुलशन झा


