‘नेपाली फिल्मले बेइजिङ र बलिउडलाई पछ्याउने होइन’
बेइजिङ फिल्म एकेडेमीकी प्राध्यापक तथा फिल्म विश्लेषक ली रान यतिबेला काठमाडौंमा छिन् । नेपाल अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलको छैटौं संस्करणको प्रमुख जुरीको रुपमा सहभागी हुन काठमाडौं आइपुगेकी उनले केही दिनदेखि नेपाली फिल्म र डकुमेन्ट्री अवलोकन गरिरहेकी छन् । फिल्ममा मौलिक दृश्यभाषाको पक्षमा वकालत गर्ने उनी नेपालले आफ्नै ‘सिनेम्याटिक ल्याङ्ग्वेज’ बनाउनुपर्ने खाँचो


