राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको महाधिवेशन सुरु
राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको आठौं केन्द्रीय महाधिवेशन धादिङको धादिङबेसीमा शुक्रबारबाट सुरु भएको छ । महाधिवेशनको उद्घाटन बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमरकट्टेलले गरेका छन् । महाधिवेशन कार्यक्रममा मुख्यमन्त्री जमरकट्टेलले सांस्कृतिक पक्षको सम्वद्र्धनका लागि लोकसंगीतको भूमिका महत्त्वपूर्ण रहेको बताए । उनले मुलुकको विकासमा संगीतको योगदान अतुलनीय रहेको धारणा समेत राखेका थिए


