चार्ल्स शोभराज रिहा भएपछि करिश्मा आक्रोशित
अभिनेत्री करिश्मा मानन्धर चार्ल्स शोभराजको रिहाइलाई लिएर आक्रोशित भएकी छन् । फेसबुकमा शोभराज लक्षित स्टाटस लेख्दै उनले एउटा अपराधी जेलमुक्त भएको उल्लेख गरेकी छन् । ‘एउटा अपराधी जेलमुक्त भयो । नातिनी सरह डेट जान चाहन्छिन् । यो आजको समाचार हो । अब रेपमा हामी जसलाई पोलुँ,’ करिश्माले लेखेकी छन् ।


