तेस्रो एकदिवसीयमा भारतद्वारा बंगलादेश २२७ रनले पराजित
तेस्रो एकदिवसीय क्रिकेटमा भारतले बंगलादेशलाई २२७ रनले पराजित गरेको छ । इशान किशनको दोहोरो शतक र विराट कोहलीको शतकको सहयोगमा भारतीय टोलीले निर्धारित ५० ओभरमा आठ विकेट गुमाएर ४०९ रन बनाएको थियो । जवाफमा बंगलादेशको टोली १८२ रनमा अलआउट भयो । बगलादेशका लागि शकिब अल हसनले सर्वाधिक ४३ रन बनाए


