यौन दुर्व्यवहार भएको भन्दै मलयालम नायिकाले लगाइन युवकलाई थप्पड
केरलामा फिल्म प्रवर्द्धनमा रहेकी मलयालम अभिनेत्री सानिया अय्यप्पन यौन उत्पीडनको सिकार भइन् । सानियाले बुधबार सामाजिक सञ्जालमा यसबारे पोष्ट पनि गरेकी छन् । उनले आफ्नो आगामी फिल्म ‘स्याटरडे नाइट’ को प्रमोशनका लागि कोझिकोडको हिलित मल गएको र त्यहाँ उनी लगायत अर्की अभिनेत्री ग्रेस एन्टोनीलाई भीडले दुर्व्यवहार गरेको बताएकी छन् ।


