कमेडियन हिमेश पन्तले रवि लामिछानेको पार्टीबाट चुनाव लड्ने

कमेडी च्याम्पियन हिमेश पन्तले धादिङ क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभाको चुनाव लड्ने भएका छन् । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले उक्त निर्वाचन क्षेत्रबाट प्रत्यक्षतर्फको उम्मेदवारका सिफारिस गरेको हो । उनको घर पनि सोही निर्वाचन क्षेत्रमा पर्छ । पार्टीको धादिङ जिल्ला समितिले केन्द्रमा सिफारिस गरेपछि पन्त उम्मेदवार बनेका हुन् ।

‘दृश्यम २’को फस्टलुक पोस्टर : बाबाको सत्संग द्वारमा बेल्चा लिएर उभिएका अजय

सन् २०१५ मा रिलिज भएको हिट बलिउड फिल्म ‘दृश्यम’को दोस्रो श्रृंखलाको फस्टलुक पोस्टर सार्वजनिक भएको छ । रहस्यले भरिएको फिल्मको सिक्वेलालाई लिएर दर्शकमा व्यग्र प्रतीक्षा छ । फिल्मका प्रमुख अभिनेता अजय देवगणले बुधबार सामाजिक सञ्जालमार्फत ‘दृश्यम २’को पोस्टर सार्वजनिक गर्दै यसको टिजर रिलिजको समय समेत सार्वजनिक गरेका छन् । फिल्मको

वेब सिरिजको दृश्यलाई लिएर एकता कपुर र उनकी आमाविरुद्ध वारेन्ट जारी

बलिउड फिल्म निर्माता एकता कपुर आफ्नी वेब सिरिजका कारण मुस्किलमा फसेकी छन् । उनको वेब सिरिज ‘थ्री–एक्स’लाई लिएर बिहारको बेगुसराय अदालतले एकता र उनकी आमा शोभा कपुरविरुद्ध पक्राउ वारेन्ट जारी गरेको छ । सिरिजमा देखाइएको एक अन्तरंग दृश्यमाथि आपत्ति जनाउँदै एक वर्षअघि नै दर्ता भएको मुद्दालाई लिएर उनीहरुविरुद्ध वारेन्ट जारी

बिदाइ तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

भूमिप्रसाद पाठक, पथरी शनिश्चरे, असोज १२ । मोरङको पथरी शनिश्चरे नगरस्थित प्रदेशकै गौरवको रूपमा रहेको पञ्चायत माविबाट शैक्षिक वर्ष २०७८\०७९ को परीक्षामा कक्षा १२ उत्तीर्ण विद्यार्थीको बिदाइ र आसन्न बडादशैँलगायत चाडपर्वहरूको सन्दर्भमा शुभकामना आदानप्रदान कार्यक्रम भव्य सम्पन्न भएको छ । बिहानैदेखि आयोजित विविध सांस्कृतिक कार्यक्रम भएलगत्तै उद्घाटित औपचारिक कार्यक्रमका प्रमुख

फिल्म ‘नम्बरी सुन’ निर्माण हुने

फिल्म ‘नम्बरी सुन’ निर्माण हुने भएको छ । सुवर्ण शिभान्स फिल्मस्को ब्यानरमा निर्माण हुन लागेको फिल्म राजु गिरीले निर्देशन गर्न लागेका हुन् । दसैंको अवसर पारेर फिल्मको ‘नम्बरी सुन’ बोलको शिर्ष गीत बुधबार रेकडिङ गरिएको छ । सन्तोष श्रेष्ठको संगीत रहेको गीतमा नारायण खातीको शब्द छ । गीतमा स्वर शान्तिश्री

नेपाली फिल्ममा कालोबादल मडारियो– नवल खड्का

चलचित्र निर्माता संघका अध्यक्ष तथा अभिनेता नवल खड्काले नेपाली फिल्म क्षेत्रमा कालो बादल मडारिएको बताएका छन् । नेपालमा निर्माण भएको फिल्म ‘प्रेमगीत ३’ सन्देशमा हिन्दीमा रिलिजका लागि विभिन्न लफडा गरिएको भन्दै उनले शो तर्क राखेका हुन् । सुरुवातको समयदेखि नै नेपालमा हिन्दी भाषाको ‘प्रेमगीत ३’ रिलिजको विरोध गर्दै आएका नवलले

‘जेरी २’को हिरोइनमा पूर्णिका सिंजापति अनुबन्धित, अनमोलसँग स्क्रिन सेयर गर्दै

अनमोल केसी स्टारर फिल्म ‘जेरी २’को प्रमुखमध्येको एक अभिनेत्रीमा पूर्णिका सिंजापति अनुबन्धित भएकी छन् ।मोडलिङमा समेत सक्रिय रहेकी पूर्णिकाको यो डेब्यु फिल्म हुनेछ । फिल्मका दुई प्रमुख नायिकामध्ये एकको चरित्रमा पूर्णिकाले अभिनय गर्नेछिन् । निर्माता सरोज न्यौपानेले अर्की प्रमुख नायिका अनुबन्धित हुने क्रममा रहेको जानकारी दिए । फिल्ममा दुई नायिकाको

उर्गेन दोङको ‘लजालु मायालु’ ट्रेन्डिङमा

फरक पहिचान, फरक संस्कृति, फरक परम्परा र फरक पहिरन रहेको तामाङ र थारु भाषाको ‘लजालु मायालु’ गीत अहिले युट्युबमा निकै चर्चित भइरहेको छ भने टिकटकमा भाइरल भइरहेको छ । यो गीत अहिले युट्युबको नेपाल ट्रेन्डिङमा म्युजिकतर्फ पहिलो स्थानमा रहेको छ ।तामाङ र थारु भाषाको फ्युजन रहेको उक्त गीतको शब्दसँगै संगीत

प्रकाश दूतराजले ल्याए नयाँ गीत ‘मै जाम्ला’

गायक प्रकाश दूतराजले दशैंको छेको पारेर नयाँ गीत ‘मैं जाम्ला’ ल्याएका छन् । गीतमा शब्द तथा संगीत प्रकाशकै छ ।प्रकाशकै निर्देशनमा तयार भएको गीतको भिडियोमा लक्ष्मी बर्देवा र सुनिल दूतराजले अभिनय गरेका छन् भने उनलाई पनि भिडियोमा थोरै समय देख्न सकिन्छ । अनिल के मानन्धरको छायांकन रहेको ‘मै जाम्ला’लाई नवीन

‘द भ्वाइस’को अमेरिकी संस्करणमा नेपाली मूलकी किशोरीको लोभलाग्दो प्रस्तुति, जजले भने– मास्टरफुल

१७ वर्षीया नेपाली मूलकी किशोरी परिजिता बाँस्तोलाले गायन रियालिटी शो द भ्वाइसको अमेरिकी संस्करणमा लोभलाग्दो प्रस्तुति दिएकी छन् । नेपाली समयानुसार बुधबार बिहान भएको शोमा उनले पहिलो गायकी प्रस्तुति गर्दै नेपाली राष्ट्रियता, संस्कृति र संगीतलाई विश्व मञ्चमा पुयाउने जमर्को गरिन् । तिमोथी लि म्याकेन्जीको चर्चित अंग्रेजी गीत ‘जेलस’ गाउँदै उनले
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.