बंगलादेश सरकारले साफ विजेता गोलरक्षक रुपनाको घर बनाइदिने
छैटौं साफ च्याम्पियनसिप विजेता बंगलादेशी गोलकिपर रुपना चक्माको घर त्यहाँको सरकारले बनाइ दिने भएको छ । बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले उनको गृहनगर रंगामाटीमा नयाँ घर बनाउन निर्देशन दिएकी छन् । चक्मा साफ महिला च्याम्पियनसिप खेलमा उत्कृष्ट गोलरक्षक घोषित भएकी थिइन् । उनले प्रतियोगिताभर मात्र एक गोल खाएकी थिइन् । रुपनाको


