सुहानाले देखाइन् ३५ जना विपन्न बालबालिकालाई ‘ऐना झ्यालको पुतली’

अभिनेत्री सुहाना थापाले बाल दिवसको अवसरमा बुधबार ३५ जना आश्रित बालबालिकालाई फिल्म ‘ऐना झ्यालको पुतली’ हेराएकी छन् । ती विपन्न बालबालिकाले अपरान्ह कमलपोखरीस्थित बिग मुभिजमा पुगेर सुहानासँगै यतिबेलाको चर्चित फिल्म हेरेर रमाए । काठमाडौंको एक आश्रमका ती बालबालिकालाई सुहानाले पहिलेदेखि नै हेरचाह गर्नेदेखि मनोरञ्जन दिलाउने कार्य गर्दै आएकी छन् ।

नम्रता अभिनीत ‘नारी’ गीतमा घरेलू हिंसाको कथा

क्रेजी संवाददाता काठमाण्डौं– अभिनेत्री नम्रता श्रेष्ठ अभिनीत ‘नारी’ बोलको ¥याप गीत सार्वजनिक भएको छ । मंगलवार राजधानीमा एक कार्यक्रमका बीच सार्वजनिक गरिएको उक्त गीतमा प्रज्वल श्रेष्ठको म्यूजिक, मिक्सिङ र मास्टरिङ छ भने शब्द रचना गायक श्रेष्ठ र सेडी पोपाटको छ । गीतमा ¥याप गायन श्रेष्ठ र पोपाट दुवैको छ ।

‘प्रेमगीत ३’ अस्ट्रेलियाका सिनेमा घरमा नियमित शोमै प्रदर्शन हुने

फिल्म ‘प्रेमगीत ३’ अस्ट्रेलियाका सिनेमा घरमा नियमित शोमै प्रदर्शन हुने भएको छ । हिन्दी र नेपाली दुवै भाषामा फिल्म रिलिज हुन लागेको हो । नमस्ते इन्टरटेनमेन्ट एण्ड नमस्ते फिल्म्सका देव कार्कीले फिल्मको दुवै भाषाको प्रदर्शन अधिकार खरिद गरेका हुन् । ‘नेपाल, भारत र अन्य देशसँगै एकसाथ अस्ट्रेलियाका हरेक सहरमा नियमित

भेरी घटना सम्झाउने फिल्म ‘मानिस ठूलो दिलले हुन्छ’को ट्रेलर सार्वजनिक

अन्तरजातीय प्रेमको कथावस्तुमा आधारित फिल्म ‘मानिस ठूलो दिलले हुन्छ’को आधिकारिक ट्रेलर सार्वजनिक भएको छ । देवेन्द्र पाण्डे निर्देशित फिल्मले दलित युवक र ब्राम्हण युवतीबीचको प्रेम, विवाह र त्यसपछि आउने सामाजिक उतारचढावको कथालाई पेश गर्छ । अभिनाश न्यौपाने र श्रेया कार्की प्रमुख भूमिकामा छन् । ट्रेलरले रुकुम चौरहजारी घटना प्रकरण सम्झाउँछ

यू–१७ साफ : उपाधिका लागि नेपाल र भारत भिड्दै

साफ यू–१७ च्याम्पियनसिप फुटबलको फाइनल खेलमा आज नेपालले भारतसँग प्रतिस्पर्धा गर्दैछ । कोलम्बोको रेस कोर्स ग्राउण्डमा हुने नेपाल र भारतबीचको फाइनल खेल राति ८ः१५ बजे सुरु हुनेछ । आजको खेलमा जित निकाल्दै नेपाल उपाधि रक्षा गर्ने योजनामा छ । समूह चरणमा अपराजित हुँदै नेपाल फाइनल पुगेको हो । नेपालले समूह

च्याम्पियन्स लिग : सलाहको गोलमा लिभरपुलको पहिलो जित

च्याम्पियन्स लिग फुटबलअन्तर्गत मंगलबार राति भएको खेलमा इङ्ग्लिस क्लब लिभरपुलले पहिलो जित निकाल्ने क्रममा आयक्सलाई २–१ अन्तरले पराजित गरेको छ । समूह ए को खेलमा पहिलो जित निकाल्ने क्रममा लिभरपुलले आयाक्सलाई २–१ ले हरायो । लिभरपुललाई जित दिलाउन मोहमद सलाह र जोएल माटिपले एक एक गोल गरे । आयाक्सला मोहमद

च्याम्पियन्स लिग : बार्सिलोना बायर्नसँग पराजित

च्याम्पियन्स लिग फुटबलअन्तर्गत भएको खेलमा जर्मन क्लब बायर्न म्युनिखले स्पेनिस क्लब बार्सिलोनालाई २–० ले हराएको छ । समूह ’सी’ अन्तर्गत गएराति भएको खेलमा बायर्नलाई जित दिलाउन लुकास हर्नान्डेज र लोरी सानेले एक एक गोल गरेका थिए । पहिलो हाफ गोलरहित बराबरीमा सकिएपछि बायर्नले दोस्रो हाफमा गोल गरेको थियो । ५०

नेपालले सेमिफाइनलमा भारतसँग खेल्ने

नेपाली राष्ट्रिय महिला फुटबल टोलीले सेमिफाइनलमा भारतसँग प्रतिस्पर्धा गर्ने भएको छ । मंगलबार भएको खेलमा बंगलादेशले भारतलाई ३–० गोल अन्तरले हराउँदै भारत समूह उपविजेता बन्दै सेमिफाइनलमा पुगेको हो । समूह ‘बी’ को विजेता नेपालले सेमिफाइनलमा समूह ‘ए’ को उपविजेता बनेको भारतलाई प्रतिद्वन्द्वी पाएको हो । अघिल्लो संस्करणको साफको फाइनलमा नेपालले

साफमा भारतको पहिलो हार, बंगलादेशले रच्यो इतिहास

भारतले महिला साफ च्याम्पियनसिपमा पहिलो हार ब्यहोर्यको छ । यता बंगलादेशले भारतलाई हराउँदै समूह विजेता भएर छैटौं संस्करणको महिला साफको सेमिफाइनलमा प्रवेश गरेको छ । रंगशालामा मंगलबार भएको समूह चरणको अन्तिम खेलमा भारतलाई ३–० गोल अन्तरले हराएको हो । त्रिपुरेश्वरस्थित दशरथ बंगलादेशलाई जित दिलाउन मोसाम्मत सिरात जाहन सोप्नाले दुई गोल

माल्दिभ्सको पोष्टमा पाकिस्तानको सात गोल

छैटौं संस्करणको महिला साफ च्याम्पियनसिप फुटबलमा पाकिस्तानले पहिलो जित निकालेको छ । मंगलबार भएको खेलमा पाकिस्तानले माल्दिभ्सलाई ७–० गोल अन्तरले हराएको हो । पाकिस्तान यो पहिलो जित हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा पाकिस्तानलाई जित दिलाउन नाडिया खानले ह्याट्रिकसहित चार गोल गरिन् । यस्तै रामिन फारीद, खादिजा काज्मी र अनमुल हिराले
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.