ओस्कारमा नेपालबाट कुन फिल्म जाला ? राधा, प्रकाश वा ऐना झ्यालको पुतली
विश्व प्रतिष्ठित ओस्कार अवार्डमा नेपालबाट सिफारिस हुनको लागि तीन फिल्मबीच प्रतिस्पर्धा हुने भएको छ । राधा, प्रकाश र ऐना झ्यालको पुतलीले ओस्कारको अन्तर्राष्ट्रिय फिचर विधामा जान आवेदन दिएका छन् । बिहीबार बेलुकासम्म आवेदन दिने अन्तिम मिति थियो । जसअनुसार तीन फिल्मले निवेदन दिएको ओस्कारको नेपाल छनोट कमिटीले जनाएको छ ।


