साम्राज्ञीको ‘लण्डन टु पेरिस’ र आँचलको ‘वर एण्ड वधु’को विदेश सुटिङ सकियो

कास्टारकास्ट र ब्यानरको हिसाबले दुई प्रतीक्षित नेपाली फिल्मको विदेश छायांकन तालिका सकिएको छ । आँचल शर्मा स्टारर ‘वर एण्ड वधु’को रोमानिया छायांकन सकाएर टिम स्वदेश फर्किएको छ । साम्राज्ञी शाह स्टारर ‘लण्डन टु पेरिस’को बेलायत तालिका टुंगिएको छ । मिलन चाम्सले निर्देशन गरिरहेको ‘वर एण्ड वधु’को छायांकन युरोपेली मुलुक रोमानियामा

आकाश र पूजाको ‘सम्झना बिर्सना’ भदौ २४ देखि भारतमा

नेपालपछि लभस्टोरी फिल्म ‘सम्झना–बिर्सना’ अब भारतका विभिन्न शहरमा प्रदर्शन हुने भएको छ । असार ३१ गते नेपालमा रिलिज भएको फिल्म ९ सेप्टेम्बरदेखि भारतीय दर्शकमाझ पुग्न लागेको हो । निर्माता अद्धितीय प्रधानले ‘सम्झना बिर्सना’ पहिलो चरणमा दार्जिलिङ, सिक्किम, सिलुगुढी, जयगाउँमा लगायतमा प्रदर्शन हुने जनाए । दोस्रो चरणमा ७ अक्टोबरमा आसम, उत्तराखण्ड

रेखा शाहले ल्याइन् तीज गीत ‘छमछम पातली कम्मर’

गायिका रेखा शाहले तीज गीत ‘छमछम पातली कम्मर’ सार्वजनिक गरेकी छन् । बिहीबार आफ्नै युट्युब च्यानलमा रिलिज गरेको गीतमा टेकेन्द्र नेपाली शब्द तथा संगीत रहेको छ । गीतलाई पुष्कर खत्रीले एरेन्ज गरेका छन् । रमाइलो शैलीको गीतको भिडियोमा अभिनेत्री नीता ढुंगाना र गायिका रेखा स्वयं फिचर्ड छन् । भिडियोकी निर्देशक

कम्युनिस्ट नेता फिडेल क्यास्ट्रोबारेको फिल्म ‘एलिना अफ क्युबा’मा जेम्स फ्रांको

ओस्कार अवार्ड मनोनित र दुईपटक गोल्डेन ग्लोब्स विजेता अभिनेता जेम्स फ्रांकोले विश्वचर्चित क्युबाली कम्युनिस्ट नेता फिडेल क्यास्ट्रोको भूमिकामा अभिनय गर्ने भएका छन् । डेडलाइन हलिउड म्यागजिनका अनुसार मिगुएल बार्डेनले निर्देशन गर्ने फिल्म ‘एलिना अफ क्युबा’मा उनले अभिनय गर्न लागेका हुन् ।उनले इमाजेन अवार्ड विजेता अभिनेत्री मिया माएस्ट्रोसँग फिल्म खेल्ने टुंगो

कोशिश क्षेत्रीको डेब्यु निर्देशन रहने फिल्म ‘बाइरोड’ शुक्रबारदेखि छायांकनमा

  अभिनेता तथा गायक कोशिश क्षेत्री अब निर्देशक बन्ने भएका छन् । उनको डेब्यु निर्देशकीय फिल्म ‘बाइरोड’ आगामी शुक्रबारदेखि छायांकनमा जाँदैछ । मंगलबारदेखि नै छायांकन सुरु हुने भनिए पनि लगातारको झरीको कारण रोकिएको थियो । फिल्म ‘मोक्ष’बाट अभिनय करिअर थालेका उनले पहिलोपटक यही फिल्मबाट निर्देशकीय करिअर पनि सुरु गर्दैछन् ।

फिल्म क्षेत्रको विकासमा सरकारले सहयोग गरेन : भुवन केसी

चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले फिल्म क्षेत्रको विकासका लागि सरकारले सहयोग नगरेको आरोप लगाएका छन् । प्रदर्शकहरुको छाता संस्था नेपाल चलचित्र संघले आयोजना गरेको आफ्नो स्वागतमा गरेको कार्यक्रममा बोल्दै केसीले भने, ‘राज्यले जति सपोर्ट दिनुपर्ने थियो, त्यो पाइराखेका छैनौं । म तपाईंहरुकै लागि बोर्डमा आएको हुँ ।’ चलचित्र उद्योगलाई

अमेरिकी आइडलका फाइनलिस्ट अर्थर गनको नेपाल कन्सर्ट भदौ ४ देखि

अर्थर गनको रुपमा चर्चित अमेरिकी आइडलका फाइनलिस्ट दिवेश पोखरेलको पहिलो नेपाल टुरको कन्सर्ट मिति निश्चित भएको छ । साउन ३१ गते काठमाडौंमा आइपुग्ने उनले सात सहरमा १० वटा कन्सर्ट गर्दैछन् । भदौ ४ गते काठमाडौंमा, ८ गते भरतपुरमा, १० गते पोखरामा र १५ गते बुटवलमा कन्सर्ट हुने भएको छ ।

भारतमा किन चर्किरहेको छ ‘लाल सिंह चड्ढा’ बहिष्कारको मुद्दा ?

‘मिस्टर पर्फेक्सनिस्ट’ संज्ञाले प्रख्यात बलिउड अभिनेता आमिर खान र अभिनेत्री करिना कपुर लामो समयपछि फिल्ममा आउँदैछन् । फिल्मलाई लिएर दर्शकमाझ ठूलै अपेक्षा छ, तर सामाजिक सञ्जालमा ‘लाल सिंह चड्ढा बहिष्कार गरौं’ भन्ने अप्रिल ह्यासट्याग ट्रेन्डिङ चलिरहेको छ । यसो हुनुमा यी दुई प्रमुख कलाकारको अभिव्यक्ति जिम्मेवार छ, जसलाई उनीहरुले कुनै

अगस्टमा हलिउड, बलिउड र ओटीटीले के ल्याउँदैछन् ?

अंग्रेजी महिना अगस्ट फिल्म र सिरिजप्रेमीको लागि खास बन्ने निश्चित छ । यो महिना ओटीटी प्लेटफर्ममा पनि तपार्ईंलाई खास फिल्म र सिरिज हेर्ने मौका मिल्नेछ । बलिउड के ल्याउँदैछ ? अक्षयकुमार स्टारर फिल्म ‘रक्षाबन्धन’ ११ अगस्टमा रिलिज हुँदैछ । आनन्द एल राय निर्देशित फिल्ममा तपाईंले भाइ–बहिनीको सम्बन्ध पाउनुहुनेछ । रक्षाबन्धनकै

ओस्कार अवार्डमा एसियाली वर्चस्व : चिनियाँ मूलकी जेनेट योङ बनिन् अध्यक्ष

हलिउडसहित विश्व फिल्ममा पछिल्लो समय एसियाली दबदबा बढ्न थालेको छ । ओस्कार अवार्ड, कान्ससहितका ठूला फिल्म फेस्टिभलमा पनि एसियाली वर्चस्व लोभलाग्दो छ । यस्तोमा चिनियाँ मूलकी हलिउड निर्माता जेनेट योङ ओस्कार अवार्ड आयोजक संस्था एकेडेमी अफ मोसन पिक्चर आर्ट्स एन्ड साइन्सेजको अध्यक्षमा चुनिएकी छन् । संस्थाका बोर्ड अफ डाइरेक्टरले जेनेटलाई
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.