आदित्य नारायणको स्वरमा ‘शमशेरा’को ‘जी हुजुर’ गीत सार्वजनिक

रणवीर कपुर स्टारर फिल्म ‘शमशेरा’को गीत ‘जी हुजुर’ सार्वजनिक भएको छ । मिथुनले संगीत गरेको गीतमा आदित्य नारायणको स्वर समावेश छ । यो डान्सिङ ट्रयाकमा रणवीर फिचर्ड छन् । दास हुँदै नेता बनेको योद्धाको कथामा आधारित यो फिल्म साउन ६ गते रिलिजको तयारीमा छ । शुक्रबार सार्वजनिक भएको ट्रेलरमार्फत यशराज

८ वर्षपछि नेपाल फर्किएकी अरुणिमा भन्छिन्– राम्रो फिल्मको अफर आए खेल्छु

कुनै समयकी चर्चित अभिनेत्री अरुणिमा लम्साल झण्डै ८ वर्षपछि नेपाल फर्किएकी छन् । यसै साता नेपाल आइपुगेकी उनले आफन्त र फिल्म क्षेत्रका साथीसँग भेटघाट गरिरहेकी छन् । मंगलबार उनले अभिनेत्री रेखा थापासँग भेटिन् । इन्स्टाग्राममार्फत उनले यसबारे जानकारी दिएकी छन् । काठमाडौं आइपुगेकी अरुणिमाले संक्षिप्त कुरा गर्दै आफू दुई महिना

‘लण्डन टु पेरिस’को सुटिङका लागि साम्राज्ञी र गरिमा बेलायत जाँदै

साम्राज्ञी शाह र गरिमा शर्माको मुख्य भूमिका रहने फिल्म ‘लण्डन टु पेरिस’ आगामी सातादेखि बेलायतका लण्डन, म्यानचेस्टर र वेल्समा छायांकन हुँदैछ । फिल्म छायांकनका लागि निर्देशक घनश्याम लामिछानेसहितको टोली बुधबार दिउँसो ३ बजे त्यसतर्फ प्रस्थान गर्दैछ । लामिछाने, कार्यकारी निर्माता अजितकुमार थापा र सहायक निर्देशक फिरोज खड्का दिल्ली हुँदै लण्डन

केकी र आँचल अभिनित ‘झिंगेदाउ’को टाइटल टिजर : सिक्का र झिंगामार्फत चरित्र चित्रण

ज्ञानेन्द्र देउजा निर्देशित फिल्म ’झिंगेदाउ’को टाइटल टिजर सार्वजनिक भएको छ । निर्देशक देउजाले यसबाट फिल्मको कथासार बुझाउन खोजेको बताए । ३० सेकेन्डको टिजरमा झिंगा, सिक्का र मुख्य अभिनेत्री केकी अधिकारी चिच्याएको आवाज प्रस्तुत छ । भदौ १७ गतेदेखि देशव्यापी प्रदर्शनको तयारीमा रहेको फिल्म भीमनिधि तिवारीको नाटकमा आधारित छ । केकीसहित

माझीगाउँका विपन्न विद्यार्थीलाई ‘जुठे’ टिमको सहयोग

टेलिभिजन सिरिज ‘जुठे’ले पाँच जना विपन्न विद्यार्थीलाई राहतस्वरुप ५० हजार रुपैयाँ प्रदान गरेको छ । सिरिजको छायांकन थलो लमजुङको राइनास नगरपालिका–८ स्थित माझीगाउँका विद्यार्थीलाई जनही १० हजार रुपैयाँको दरले सहयोग प्रदान गरिएको हो । सिरिजका निर्देशकद्वय तथा अभिनेता मरिचमान श्रेष्ठ ‘बल्छी धुर्वे’ र ‘राजु मास्टर’ले राहत बाँडेका हुन् । वडाध्यक्ष

भारतको सबैभन्दा ठूलो मल्टिप्लेक्स चेन पीभीआरले ‘कबड्डी ४’ रिलिज गर्ने

नेपालसहित विश्वभरको डायस्पोरामा उछाल ल्याएको फिल्म ‘कबड्डी ४’लाई भारतको सबैभन्दा ठूलो र प्रतिष्ठित सिनेमा चेन पीभीआरले देशव्यापी रिलिज गर्ने भएको छ । पीभीआरले रामबाबु गुरुङ निर्देशित फिल्मलाई शुक्रबारदेखि आफ्ना भारतीय आउलेटमा प्रदर्शन गर्न लागेको हो । पीभीआरले आफ्नो अफिसियल वेबसाइटमा ‘कबड्डी ४’ शुक्रबार रिलिज हुन लागेको जानकारी दिएको छ ।

हजार बढी फिल्मको रेकर्ड राखेका ब्रह्मानन्दम नेपाली फिल्म ‘ह्रस्वदीर्घ’मा

एक हजारभन्दा बढी फिल्ममा अभिनय गरेर गिनिज बुकमा विश्व कीर्तिमान राखेका भारतीय अभिनेता ब्रह्मानन्दमले नेपाली फिल्म ‘ह्रस्वदीर्घ’मा अभिनय गर्ने भएका छन् । निर्माण कम्पनी नीता फिल्म्स र ब्रह्मानन्दमबीच लिखित सम्झौता भएको छ । भारतको सर्वोच्च नागरिक सम्मान पद्मभूषण समेत प्राप्त गरेका उनलाई महंगो पारिश्रमिकमा अनुबन्धित गरिएको जनाइएको छ । अभिनेत्री

‘प्रसाद २’मा अभिनेता राज कटुवाल अनुबन्धित

अभिनेता राज कटुवाल छायांकन तयारीमा रहेको फिल्म ‘प्रसाद २’मा अनुबन्धित भएका छन् । फिल्मको प्रमुखमध्येको एक भूमिकामा आफू कास्टिङ भएको उनले जानकारी दिए । फिल्ममा यसअघि नम्रता श्रेष्ठ, विपिन कार्की र अर्पण थापा फाइनल भइसकेका छन् । ‘मुख्य भूमिकामा म पनि छु । फिल्मलाई लिएर उत्साहित छु,’ कटुवालले भने ।

दयाहाङको फिल्म ‘के घर के डेरा’को छायांकन सकियो

दीपेन्द्र के खनाल निर्देशित फिल्म ‘के घर के डेरा’को छायांकन सकिएको छ । मंगलबार काठमाडौंको कला परिषद् परिसरमा अन्तिम दिनको छायांकन गरियो । ३३ दिनमै फिल्मको ‘इन्ड–क्ल्याप’ भएको निर्देशक खनालले जानकारी दिए । ‘मेरो सोचअनुसार नै फिल्म पूरा भएको छ,’ उनले भने, ‘कलाकारले राम्रो साथ दिएकाले पनि राम्रो नतिजा दिनेमा

बाढीले एकको मृत्यु, विराटनगरमा १ सय ७५ परिवार विस्थापित

अनमोल समाचारदाता विराटनगर । बाढीले बगाएर सुन्दरहरैचामा एक जनाको मृत्यु भएको छ । सुन्दरहरैँचा–६ सिसौघारीका ५५ वर्षीय रामबहादुर विकको गछिया खोलाले बगाएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । सोमबार रातिदेखि परेको अविरल वर्षाका कारण सिंघिया खोलामा आएको बाढीले १ सय ७५ परिवार विस्थापित भएका छन्। विराटनगर र
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.