चरित्रमा डुब्न जब एकान्तकुनादेखि अनामनगरसम्म खाली खुट्टा हिंडे प्रदीप‘
फिल्मको चरित्रमा डुब्न कलाकारले के–केसम्म गर्छन् ? केही नेपाली नायिकाले कपाल खौरिए, कोही महिनौं घरबाहिर निस्किए, कोहीले ठमेलको रात्रिजीवन अवलोकन गरे । तर अभिनेता प्रदीप खड्काले चाहिं एकान्तकुनादेखि अनामनगरसम्मको करिब ६ किलोमिटर लामो बाटो खाली खुट्टा हिंडेरै नापे । फिल्म ‘प्रकाश’को चरित्र चित्रणमा अभिनेता अनुप बरालले प्रदीपलाई यस्तो चुनौती दिएका


