पोग्बाले छाडे युनाइटेड

फ्रान्सेली स्टार खेलाडी पाउल पोग्बाले म्यान्चेस्टर युनाइडेड छोड्ने भएका छन् । सिजनको अन्त्यसँगै क्लबसँगको सम्झौता सकिने भएपछि उनी फ्रि ट्रान्सफरमा जाने भएका युनाइटेडले जनाएको छ । पोग्बा सन् २०१६ मा युभेन्ट्सबाट कीर्तिमानी मुल्य ८६ मिलियन युरोमा युनाइटेड आएका हुन् । पोग्बाले युनाइटेडमा २२६ खेल खेल्दै ३९ गोल गरेका छन् ।

अक्षय भन्छन्– म प्रधानमन्त्री बन्न योग्य छैन

बलिउड अभिनेता अक्षय कुमारले पछिल्लो समयमा फरक कथाका फिल्ममा अभिनय गरिरहेका छन् । उनी अभिनित ऐतिहासिक फिल्म ‘सम्राट पृथ्वीराज’ रिलिजको तयारीमा छ । यी अभिनेता अहिले ‘सम्राट पृथ्वीराज’कै प्रमोसनमा व्यस्त छन् । हालै एक कार्यक्रममा अक्षय र निर्देशक डा.चन्द्रप्रकाश द्विवेदी उपस्थित भएका थिए । त्यहीबेला दर्शकदीर्घाबाट कसैले अक्षयलाई ‘तपाईं एकदिनका

अभद्र व्यवहारको विषयमा सहमतिपछि मिरुना भन्छिन्, ‘दुःखित हुनुहुनेप्रति म हार्दिक क्षमायाचना गर्दछु’

अभद्र व्यवहारको विषयमा नायिका मिरुना मगर र फुर्पा शेर्पाबीच सहमति भएको दुई दिनपछि मिरुनाले यो घटनाका कारण दुःखित भएकाहरुप्रति क्षमायाचना गरेकी छिन् । उनले बिहिबार बिहान सामाजिक सञ्जालमा जेठ १५ गते सिभिल मलमा भएको पछिल्लो घटना र त्यसपछि जेठ १७ गते भएको सम्झौताको सन्दर्भमा केही कुराहरु प्रस्तुतसमेत गरेकी छिन् ।

माग्ने बुढाको ‘कमेडी हब’ : नयाँ शैली, पुरानै खुराक

माग्ने बुढा नामले परिचित अभिनेता केदारप्रसाद घिमिरेद्वारा निर्देशित टेलिभिजन शो ‘कमेडी हब’को प्रसारण सुरु भएको छ । कार्यक्रमको पहिलो भाग बुधबार बेलुका एपीवान टीभीमा प्रसारण भयो । लामो समयपछि टेलिभिजनमा फर्किएका माग्ने बुढाको यो नयाँ कार्यक्रमलाई लिएर प्रतीक्षा थियो । कार्यक्रममा उनले कमेडी च्याम्पियन हिमेश पन्त, कमेडियनहरु राजा राजारामदेखि नयाँ

दिनेश डीसी बायोपिक फिल्म ‘सर्वजीत’ निर्देशन गर्दै, प्रधानमन्त्रीले मुहूर्त गर्ने

दलित आन्दोलनको पहिलो अगुवा मानिने भगत सर्वजीत विश्वकर्माको जीवनीमाथि फिल्म निर्माण हुने भएको छ । दिनेश डीसीले निर्देशन गर्ने बायोपिक फिल्म ‘सर्वजीत’लाई शनिबार प्रधानमन्त्री शेरबहादुर देउवाले मुहूर्त गर्ने कार्यक्रम छ । भगत सर्वजीत विश्वकर्मा प्रतिष्ठानको प्रस्तुतिमा दलित महिला केन्द्रले निर्माण गर्ने र मेगा आर्ट एण्ड इन्टरटेनमेन्टले निर्माण व्यवस्थापन गर्ने यो

मिथिला शर्मा र विदुर गिरीलाई हरितारा चलचित्र पुरस्कार

यस वर्षको हरितारा चलचित्र पुरस्कार अभिनेत्री मिथिला शर्मा र सञ्चारकर्मी विदुर गिरीलाई प्रदान गरिएको छ । दुर्गादेवी पुण्य निरौला स्मृति पुरस्कार प्राविधिक मनोज केसी र अभिनेता विनोद श्रेष्ठलाई प्रदान गरियो भने चेतन कार्की स्मृति पुरस्कार भने अभिनेता देशभक्त खनाललाई प्रदान गरिएको छ । परिवर्तन नेपालले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा नेपाल

जोनी डीप निर्दोष ठहर, १५ मिलियन डलर क्षतिपूर्ति भराउन पूर्वपत्नीलाई अदालतको आदेश

पूर्वपत्नी तथा हलिउड अभिनेत्री एम्बर हर्डले लगाएको मानहानी तथा हिंसाको एक बहुचर्चित मुद्दामा अदालतले अभिनेता तथा पति जोनी डीपको पक्षमा फैसला सुनाएको छ । ६ सातादेखि लगातार चलिरहेको अदालती सुनुवाइलाई लिएर विश्वको ध्यान यो हाइप्रोफाइल मुद्दातर्फ केन्द्रित थियो । भर्जिनिया अदालतका न्यायाधीशहरूले अभिनेता डीपलाई १५ मिलियन डलरको क्षतिपूर्ति भर्नसमेत हर्डलाई

पथरीमा महिला हिंसा विरुद्ध दबाब कार्यक्रम

क्रेजी संवाददाता पथरी । मोरङको पथरी शनिश्चरेमा बुधबार युवाहरूले महिला हिंसा विरुद्ध दबाब कार्यक्रम सम्पन्न गरेका छन् । नगर उपप्रमुख देवीमाया काफ्लेको प्रमुख आतिथ्यतामा नगरका युवा युवतीहरूले भेलाले पथरी बजार क्षेत्रमा प्येकार्ड सहित परिक्रमा गरेको थियो । लगातार बढेको महिला हिंसा रोक्न र अपराधीलाई कारवाही गर्न सरकारको सक्रियता आवश्यक भएको

तीन महिने निःशुल्क व्यूटिपार्लर तालिम

क्रेजी संवाददाता पथरी । मोरङको पथरी शनिश्चरे नगरको महिला लक्षित कार्यक्रम अन्तर्गत वडा नम्बर ३ का लागि ३ महिने निःशुल्क व्यूटिपार्लर तालिम बुधबार सम्पन्न भएको छ । नील डेबिट सैलुनमार्फतको तालिम समापनका अवसरमा बोल्दै नगर प्रमुख मोहनप्रसाद तुम्वापोले नगरको मुहार फेर्न दक्ष जनशक्ति आवश्यक रहेको बताउनु भयो । उपप्रमख देवीमाया

रञ्जित गजमेरको संगीतमा फिल्म ‘अभिन्न’को ‘मान्छे’ गीत रिलिज

कार्म स्टारर नयाँ फिल्म ‘अभिन्न’को गीत ‘मान्छे’ रिलिज भएको छ । लैनसिंह बाङ्देलको चर्चित उपन्यास ‘लङ्गडाको साथी’मा आधारित फिल्मको गीतमा कार्म फिचर्ड छन् । रञ्जित गजमेरद्वारा संगीतबद्ध गीतमा राजीव सुनारको स्वर छ । फिल्म निर्देशक समेत रहेका प्रशान्त रसाइलीले गीत लेखेका हुन् । यो फिल्म दार्जिलिङमा छायांकन गरिएको हो ।
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.