दीपक–दीपाको ‘छक्कापञ्जा ४’को असार १ देखि छायांकन सुरु हुने

दीपाश्री निरौलाले निर्देशन गर्ने फिल्म ‘छक्कापञ्जा’को चौथो सिरिज आगामी असार १ गतेबाट छायांकनमा जाने भएको छ । सामाजिक र राजनीतिक कथावस्तुमा बन्ने फिल्म ‘छक्कापञ्जा ४’को स्क्रिप्ट लेखनको काम पनि केही दिनमा सकिने निर्माता तथा अभिनेता दीपकराज गिरीले जानकारी दिए । असारदेखि भने फिल्मको छायांकन सुरु गरिने उनले बताए । फिल्मको

ट्राभल रियालिटी शो ‘इम्याजिन नेपाल’ आजबाट प्रसारण हुँदै

नेपालको पहिलो ट्राभल रियालिटी शो ‘इम्याजिन नेपाल’ बिहीबारदेखि प्रसारण हुने भएको छ । यो रियालिटी शोमा वृत्तचित्र (डकुमेन्ट्री) बनाउन सात जना भिडियो निर्माता–निर्देशकबीच प्रतिस्पर्धा हुनेछ । प्रत्येक निर्माताले आफ्नो तोकिएको प्रदेशका लागि उत्कृष्ट डकुमेन्ट्री बनाउन आफ्नो सात जनाको टोलीसँग देशका सात प्रदेशको भ्रमण गर्नेछन् र सोही स्थानको डकुमेन्ट्री बनाउनेछन् ।

‘डक्टर स्ट्रेन्ज–२’को आक्रामक अग्रिम टिकट बिक्री, ‘लक्का जवान’ र ‘षट्कोण’को के छ ?

हलिउड सुपरहिरो फिल्म ‘डक्टर स्ट्रेन्ज–२’को आक्रामक अग्रिम टिकट बिक्री र दबदबाबीच शुक्रबार दुई नयाँ फिल्म प्रदर्शन हुँदैछन् । शिवहरि पौड्याल निर्देशित ‘लक्का जवान’ र कार्मको मुख्य भूमिका रहेको साइकोलजिकल थ्रिलर ‘षट्कोण’ रिलिज हुँदैछन् । बुधबार बेलुका खोलिएको अग्रिम टिकट बिक्रीमा बेनेडिक्ट कम्बरब्याच स्टारर ‘डक्टर स्ट्रेन्ज’को दोस्रो सिक्वेलले आक्रामक सुरुवात गरेको

सिटीविरुद्ध उत्कृष्ट पुनरागमन गर्दै रियल फाइनलमा

म्यानचेस्टर सिटीविरुद्ध उत्कृष्ट पुनरागमन गर्दै रियल म्याड्रिड च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेको छ । दोस्रो लेगमा सिटीलाई ३–१ गोलले हराउँदै रियलले फाइनलमा लिभरपुलसँगको भिडन्त सुनिश्चित गरेको हो । पहिलो लेगमा ४–३ गोलको अग्रता बनाएको सिटीले खेलको ७३ औँ मिनेटमा रियाद महारेजको गोलले आफ्नो अग्रता थप गरेको थियो । तर जितका

पुलिसको दुवै टोलीलाई सफलता

विभागीय टोली नेपाल पुलिस क्लबको महिला तथा पुरुष दुवै टोलीलाई छैटौं आरबिबि–एनभिए राष्ट्रिय महिला तथा पुरुष भलिबल क्लब लिग २०७९ मा बुधबार सफलता प्राप्त भएको छ । महिला तर्फ पुलिसले बुटवलको एभरेस्ट भलिबल क्लबलाई २५–१८, २५–१९, २५–१४ ले तथा पुरुष तर्फ गण्डकी प्रदेश भलिबल क्लबलाई २५–२३, २५–१६, ३२–३० ले पराजित

जिम्बाब्बे ‘ए’ विरुद्ध टस जितेर पहिला बलिङ गर्दै नेपाल

जिम्बाब्बे ‘ए’ विरुद्ध टी–२० सिरिजको अन्तिम खेलमा नेपालले टस जितेर पहिला बलिङ गर्ने भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा केहीबेरमा सुरु हुने खेलका लगि नेपाली टिममा कुनै पनि परिवर्तन गरिएको छैन । जिम्बाब्बे ‘ए’ विरुद्ध पहिलो टी–२० खेल ६ विकेटले हारेको नेपालले दोस्रो खेल वर्षाका कारण रद्द हुँदा अंक

आईपीएलमा पन्जाबले गुजरातलाई हरायो

इन्डियन प्रिमियर लिग (आईपीएल) २०२२ टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको शीर्ष स्थानमा रहेको गुजरात टाइटन्स पन्जाब किङ्ससँग ८ विकेटले पराजित भएको छ। मंगलबार राति गुजरातले दिएको १४४ रनको लक्ष्य पन्जाबले १६ ओभरमा २ विकेट गुमाएर भेट्टायो । पन्जाबका शिखर धवनले सर्वाधिक ६२ रन बनाए । यस्तै, भानुका राजपाक्षेले ४० रनको योगदान दिए

‘कफी विथ करण’ फेरि नआउने घोषणा

फिल्म निर्माता करण जोहरले हालै सामाजिक सञ्जालमार्फत आफ्नो टक शो ‘कफी विथ करण’को नयाँ सिजन नआउने घोषणा गरेका छन् । वास्तवमा केही दिन अगाडि यो शो चाँडै आउँदैछ र यसको सुटिङ मे बाट सुरु हुँदैछ भन्ने खबर आएको थियो । समाचारमा आलिया भट्ट र रणवीर कपूर करणको पहिलो अतिथि हुने

रामचरणको ‘आचार्य’ फ्लप, वितरकले मागे ५० करोड क्षतिपूर्ति

सुपरस्टार रामचरण अभिनीत फिल्म ‘आरआरआर’ सुपरहिट सावित भएपनि बक्स अफिसमा रिलिज भएको उनको अर्काे फिल्म ‘आचार्य’ ले भने घुँडा टेक्ने देखिएको छ । शानदार ओपनिङ गरेको फिल्मले ६ दिनमा ५४. ७४ करोड कमाउन सफल भएको छ । फिल्म रामचरण, पूजा हेगडेसँगै चिरञ्जीवीको पनि मुख्य भूमिका छ । यो फिल्म रामचरण

‘केजीएफ–२’ सफल भएपछि प्रशान्त नीलले दोब्बर बनाए फिस

साउथ सुपरस्टार यश अभिनित फिल्म ‘केजीएफ–२’ ले बक्स अफिसमा लगातार रेकर्ड तोडिरहेको छ । ‘केजीएफ–२’ विश्वभर १ हजार करोड भारतीय रुपैयाँ कलेक्सन पार गरिसकेको छ । ‘आरआरआर’, ‘बाहुबली २’ र ‘दंगल’ पछि ‘केजीएफ–२’ हजार करोड कमाउने पहिलो भारतीय फिल्म बनेको हो । ‘केजीएफ–२’ प्रशान्त नीलले निर्देशन गरेका हुन् । आफ्नो
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.