पाँचौं संस्करणको ईपीएल कार्तिक २६ गतेबाट
एभरेष्ट प्रिमियर लिग (ईपीएल) क्रिकेटको पाँचौं संस्करण आगामी कार्तिक २६ गतेबाट सुरु हुने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले प्रतियोगिता कार्तिक २६ देखि मंसिर १० गतेसम्म आयोजना गर्न स्वीकृत दिएको हो । ईपीएलका संस्थापक तथा सीईओ आमिर अख्तरले यो संस्करणको ईपीएल अघिल्ला वर्षहरुभन्दा निकै रोमाञ्चक हुने बताएका छन्


