चेल्सी र युनाइटेडको बराबरी

इग्लिस प्रीमियर लिग (ईपीएल) अन्तर्गत बिहिबार राति भएको खेलमा म्यानचेस्टर युनाइटेड र चेल्सीले १–१ अन्तरको बराबरी खेलेका छन् । युनाइटेड घरेलु मैदान ओल्डट्राफोर्डमा भएको खेलमा भ्रमणकारी टोली चेल्सीले सुरुआती अग्रता बनायो । पहिलो हाफमा चेल्सीले निकै दवाव बनाएपनी गोल गर्न सकेन । दुबै गोल दोस्रो हाफमा सम्भव भएका थिए ।

दिल्लीद्वारा कोलकाता ४ विकेटले पराजित

आईपीएल २०२२ को ४१ औं खेलमा दिल्ली क्यापिटल्सले कोलकाता नाइट राइडर्सलाई ४ विकेटले पराजित गरेको छ । दिल्लीलाई १४७ रनको लक्ष्य दिइएको थियो, जुन टोलीले १८ औं ओभरमा ६ विकेट गुमाएर पुरा गरेको थियो । डेभिड वार्नरले सर्वाधिक ४२ रन बनाए भने डिसीको जित सुनिश्चित गर्न रोभम्यान पावेलले १६ बलमा

एन्फाले खेलाडीहरुलाई भन्यो – चुनावसम्म अल्मुताइरीलाई हटाउने कुरो नगर्नुस्

अखिल नेपाल फुटबल संघ (एन्फा)ले चुनावसम्म मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी हटाउन नसक्ने बताएको छ । एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पाले खेलाडीहरूसँग कुराकानी गर्दै चुनावसम्म आफूले अल्मुताइरीलाई हटाउन नसक्ने बताएको रोहित चन्दले बताए । ‘एन्फा अध्यक्षसँग हामीले कुरा गरेका थियौं । उहाँले चुनावसम्म अल्मुताइरीको विषयमा केही गर्न नसक्ने बताउनुभयो । त्यति

‘कबड्डी ४’ले रिलिजअघि नै उठायो लगानी, विदेशबाटै दुई करोड

दयाहाङ राई र सौगात मल्ल स्टारर प्रतीक्षित फिल्म ‘कबड्डी’को चौथो श्रृंखलाले रिलिजअघि नै लगानी सुरक्षित गरेको छ । बिहीबारसम्म प्रमुख विश्व बजारमा राइट बिक्रीबापत फिल्मले दुई करोड रुपैयाँ ग्रस कमाएको छ । फिल्मको लगानी झण्डै तीन करोड रुपैयाँ रहेको जनाइएको छ । निर्माता मणिराम पोखरेलले युरोप, अमेरिका, अष्ट्रेलिया, बेलायत, न्युजिल्याण्ड,

अजय देवगनलाई पूर्व मुख्यमन्त्रीको जवाफ : हिन्दी हाम्रो राष्ट्रिय भाषा कहिल्यै थिएन, हुनेछैन

कन्नड अभिनेता किच्चा सुदीपले हिन्दी भाषाबारे दिएको बयान अहिले ठूलो विवादमा परिणत भएको छ । उनले हिन्दी अब राष्ट्रिय भाषा नरहेको र बलिउडले प्यान इन्डिया फिल्म बनाउँदै आएको बताए । यसपछि अभिनेता अजय देवगनले किचा सुदीपको भनाइको जवाफ दिँदै हिन्दी भाषा राष्ट्रभाषा थियो, छ र रहिरहने बताएका थिए । अब

चर्चामा थानेश्वरको गजल ‘बेचेर सपना’

पछिल्लो समय लोकलयमा आधारित गीतको बाढी नै आएको छ । यस्तो अवस्थामा पनि केही गजल तथा शास्त्रीय गीतले भने बजार तताउन सफल भइरहेको देख्न सकिन्छ । यस्तैमा गायक तथा संगीतकार थानेश्वर गौतमको नयाँ गजल ‘बेचेर सपना’ ले पनि बजारमा राम्रो चर्चा पाउन सफल भएको छ । गजलले सामाजिक सञ्जाल, टिकटकदेखि

सृष्टि अभिनित ‘पल्पसा क्याफे’ नाटकले सात दिनमै कमायो ५ लाख

मदन पुरस्कार विजेता उपन्यासमा आधारित नाटक ‘पल्पसा क्याफे’ले आक्रामक कमाइ गरेको छ । कोरोना महामारीपछि नाटकघरमा दर्शकको घुइँचो देखिएको हो । सृष्टि श्रेष्ठ र विमल सुवेदीको प्रमुख भूमिका रहेको थिएटर भिलेजको नाटकले एक सातामै ५ लाख रुपैयाँ कमाएको छ । वैशाख ९ गतेदेखि मण्डला थिएटरमा नाटक मञ्चन भइरहेको छ ।

१३ वर्षपछि ‘अवतार’ पुनः प्रदर्शन हुँदै, नेपालमा पनि दशैंअघि

विश्वमा सबैभन्दा धेरै कमाइ गरेको हलिउड फिल्म ‘अवतार’ आगामी दशैं छेकोमा नेपालसहित विश्व बजारमा पुनः प्रदर्शन हुने भएको छ । डिज्ने स्टुडियोले असोज ७ गते (२३ सेप्टेम्बर) फिल्मलाई रि–रिलिज गर्न लागेको हो । अहिलेसम्म विश्वभर २.८४७ बिलियन अमेरिकी डलर कमाइ गरेको साइन्स–फिक्सन फिल्म सन् २००९ मा नेपालमा पनि रिलिज भएको

हलमा सौगातको ‘मन्त्र’, अजयको ‘रनवे ३४’ र टाइगरको ‘हिरोपन्ती २’

कन्नड फिल्म ‘केजीएफ च्याप्टर २’को प्रभाव मत्थर नहुँदै शुक्रबारबाट नेपाली बक्स अफिसमा चार नयाँ फिल्म रिलिज भएका छन् । जसमा सौगात मल्ल र दीया पुन स्टारर फिल्म ‘मन्त्र’, अजय देवगण र अमिताभ बच्चन स्टारर बलिउड फिल्म ‘रनवे ३४’, बलिउडकै टाइगर श्राफ र नवाजुद्दिन सिद्दिकी अभिनित ‘हिरोपन्ती २’ र हलिउडको ‘ब्याड

मिलन चाम्सको ‘वर एण्ड वधु’मा भित्रिइन् साम्राज्ञी

मिलन चाम्सले निर्देशन गर्ने फिल्म ‘वर एण्ड वधु’मा अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह पनि भित्रिएकी छन् । मुख्य भूमिकामा साम्राज्ञीलाई पनि अनुबन्धित गरिएको स्रोतले जनाएको छ । फिल्मको मुख्य भूमिकामा यसअघि आँचल शर्मा र विवेक कर्माचार्य अनुबन्धित भइसकेका छन् । प्रमुख भूमिकामा देखिने गरी साम्राज्ञी पनि भित्रिएको जनाइएको छ । कमेडी
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.