पथरीशनिश्चरेमा एमालेको घरदैलो अभियान वडा नं. ३ बाट शुभारम्भ
क्रेजी संवाददाता पथरी । नेकपा एमाले पथरीशनिश्चरेले वडा नं. ३ बाट घरदैलो अभियान सुरु गरेको छ । सबै उम्मेद्वारको मनोनयन दर्ता गराएपछि एमालेले आजबाट घरदैलो अभियान शुभारम्भ गरेको हो । आफ्ना एजेन्डा जनता समक्ष पुर्याउन एमालेले १० वटै वडाका टोल टोलसम्म अभियान सञ्चालन गर्ने नगर अध्यक्ष रमेश दाहालले जानकारी दिए


