सात गोलको थ्रिलरमा रियललाई हराउँदै सिटीलाई अग्रता
म्यानचेस्टर सिटीले रियल मड्रिडलाई हराउँदै च्याम्पियन्स लिग फुटबलअन्तर्गत सेमिफाइनलको पहिलो लेगमा ४–३ गोलको अग्रता बनाएको छ । मंगलबार राति भएको खेलमा सिटीलाई जित दिलाउन केभिन डी ब्रुयना, ग्राबियल जिसुस, फिल फोडेन र ब्रनान्डो सिल्भाले एक–एक गोल गरे । यता रियलका लागि करिम बेन्जिमाले दुई गोल गरे । त्यस्तै भिनिसियस जुनियरले


