मेस्सी र पीएसजीको ‘प्रेमविहीन’ सम्बन्धमा पूर्णविराम !
धेरैलाई सुरुवातदेखि नै थाहा थियो, लियोनेल मेस्सी र पेरिस सेन्ट जर्मेनको सम्बन्ध ‘पैसा कमाउने’ साझा उद्देश्यमा स्थापित भएको थियो । यो सम्बन्ध तितो अन्त्य नजिक पुगेको छ ।पीएसजीले मेस्सीलाई दुई साताको लागि निलम्बन गरेको छ । उनले लिग वानका बाँकी पाँचमध्ये दुई खेल गुमाउनेछन् । अन्य तीन खेलमा पनि उनी


