आईपीएल क्रिकेट : कोलकातासँग पाँच रनले हार्यो हैदराबाद
इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट प्रतियोगिताको बिहीबार राति खेलिएको खेलमा कोलकाता नाइट राइडर्सले सनराइजर्स हैदराबादमाथि ५ रनको रोमाञ्चक जित हासिल गरेको छ । टस जिती पहिलो ब्याटिङको निर्णय लिएको कोलकाताले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ७१ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको हैदराबादले भने निर्धारित ओभरमा


