पथरी शनिश्चरेमा कृषि तथा पशुपालन परियोजनामा हस्ताक्षर

क्रेजी साप्ताहिक पथरी । पथरी शनिश्चरेमा भूटानी शरणार्थी र स्थानीयका लागि दातृ निकायको सहयोगमा सञ्चालन हुने कृषि तथा पशुपालन परियोजनाको सम्झौतापत्रमा शुक्रबार हस्ताक्षर भएको छ । शरणार्थी सम्वन्धी राष्ट्रसंघीय उच्चायोग (युएनएचसीआर) को सहयोगमा लुथरन विश्व फेडेरेशनले भूटानी शरणार्थी प्रभावित क्षेत्रका लागि यसप्रकारको परियोजना सञ्चालन गर्न लागेको हो । परियोजना सम्वन्धमा,

मनलाई एकाग्र बनाउन नायिका रेखा थापा दश दिने मौन ध्यानमा

काठमाडौ- नेपाली चलचित्रमा कुनै बेला निकै चर्चा बटुलेकी नायिका रेखा थापा यतिबेला आफ्नो शरीरलाई मेन्टेन गर्न आफ्नै घरमा व्यायाम गर्दै आएकी छिन् । नारी प्रधान फिल्म बनाएर नेपाली दर्शकको मन जितेकी थापा यतिबेला विश्वभर फैलिएको कोरोना भाइरसले गर्दा घरमा नै बस्न बाध्य भएकी छिन् । तथापी , उनले आफ्नो नयाँ

तीन बालिकालाई बलात्कार गर्ने पक्राउ

लमजुङ- एकै दिन तीन बालिकालाई बलात्कार गरेको आरोपमा क्व्होलासोंथर गाउँपालिका–३ बगुमका ४३ वर्षीय नन्दमान गुरुङलाई प्रहरीले पक्राउ गरेको छ । गुरुङले ११/११ वर्षीय दुईजना र नौ वर्षीया एक बालिकालाई कोही नबस्ने गरेको एक घरमा लगेर जबर्जस्ती करणी गरेको अभियोग प्रहरीले शुक्रबार पक्राउ गरेको प्रहरी नायब उपरीक्षक गङ्गाबहादुर थापाले बताउनुभयो ।

पथरी शनिश्चरेमा लकडाउन थप

क्रेजी साप्ताहिक पथरी । पथरी शनिश्चरे नगरमा आज राति १२ सम्म तोकिएको बन्दाबन्दी (लकडाउन) अर्काे सूचना नभएसम्मका लागि पुनः निरन्तर रहने भएको छ । समुदायस्तरका कोरोना भाइरस संक्रमितको सम्पर्कमा भएकाहरुको ‘कन्ट्रयाक ट्रेसिङ’ बाट पीसीआर परीक्षणका लागि स्वाब संकलन गरी पठाइएको र सो को रिपोर्ट नआउन्जेलसम्मलाई लकडाउनले निरन्तरता पाउने भएको हो

कोरोना पराजित गर्नेहरुलाई फुलको गुच्छाले स्वागत

क्रेजी साप्ताहिक विराटनगर । मोरङ विराटनगरमा कोरोना पराजित गर्दै संक्रमण मुक्त भएको एउटा परिवारका सदस्यलाई टोलका बासिन्दाले मंगलबार भव्य स्वागत गरेका छन् । विराटनगर महानगरपालिका–१२ का किशोर धमलाको परिवारलाई टोलका अगुवा, छिमेकी, बुद्धिजिवीसमेतले फूलका गुच्छासहित स्वागत गर्दै संक्रमण मुक्त भएर सामान्य जीवनमा फर्किएकोमा बधाई दिएका हुन् । नेपाल ट्रेड युनियन

पारिवारिक कथामा आधारित ‘प्रिय तिमी..’ को म्यूजिक भिडियो सार्वजनिक

क्रेजी साप्ताहिक पथरी । पारिवारिक कथामा निहित रहेर तयार पारिएको ‘प्रिय तिमी...’ बोलको म्यूजिक भिडियो सार्वजनिक भएको छ । शुक्रबार जमर्को ईन्टरटेनमेन्टको अफिसियल युट्युव च्यानलबाट सार्वजानिक गरिएको म्यूजिक भिडियोका गायक नन्दु गुरुङ हुन् । रामप्रसाद गुरुङको शव्द, अशोक थापाको एरेन्ज र जेनेरिक स्टुडियोको मिक्सिङ र मिक्चरिङ रहेको छ । भिडियोमा

पथरी शनिश्चरेमा २ वडाका केही स्थान सिल गरिने

क्रेजी साप्ताहिक पथरी । पथरी शनिश्चरे नगरमा मृत्यु भएका मानिसलाई कोरोना संक्रमण देखिएसँगै संक्रमितको संख्या बढेकाले भोलि (आइतबार)बाट १ र २ नम्वर वडाका केही स्थान सिल गरिने भएको छ । कोरोना भाइरस जोखिम न्यूनिकरण नगरस्तरीय समन्वय समितिको आजको बैठकले त्यस्तो निर्णय गरेको हो । भदौ १७ सम्म घोषित लकडाउनलाई कडाइका

बेलबारीमा ग्याङ फाईट : एकको मृत्यु, चार घाईते

क्रेजी साप्ताहिक मोरङ । मोरङको बेलबारी नगरपालिका–५ कसेनीस्थित लोहन्द्र पुलमा शुक्रबार दिउँसो दुई पक्ष बीच भएको झडपमा परेर एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् । ‘ग्याङ फाइट’मा परेर ४० वर्षीय चन्द्रकुमार राईको मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईले बताए । उनका अनुसार घटनामा

भोलीदेखि पथरीमा ‘फुड बैंक’ सुरू

क्रेजी साप्ताहिक पथरी । लकडाउनको समयमा आर्थिक रुपले अति विपन्न परिवारको खाद्यान्न राहतका लागि मोरङको पथरीशनिश्चरेमा भोलीदेखि ‘फुड बैंक’ सुरु हुने भएको छ । हाम्रो फाउण्डेशन, गरिमा अनलाइन टेलिभिजन, भूटानी शिविर व्यवस्थापन समिति, प्रतिभा समाज सुधार युवा क्लब र टिचर क्लब पथरीशनिश्चरेको व्यवस्थापनमा ‘फुड बैंक’ सुरु हुने भएको हो ।

नेपाल आइडलमा सज्जा चौलागाईंलाई जिताउने अभियानमा नगरवासी जुटे

‘नेपाल आइडल’ गायन प्रतियोगिताको तेस्रो संस्करणमा मोरङको पथरीशनिश्चरे २ की सज्जा चौलागाईंलाई जिताउने अभियानमा नगरवासी जुटेका छन् । आज नगर प्रमुख दिलीपकुमार राईको आतिथ्यतामा पञ्चायत माध्यामिक विद्यालयका प्रधानाध्यापक अर्जुनकुमार बुढाथोकी, लायन्स क्लबका अगुवा तुलसी ढकाल सहितका सामाजिक अगुवाहरुको भेलाले नगरकै पहिचानका रुपमा सज्जालाई जिताउने प्रचारात्मक अभियानमा लाग्न सवैलाई आव्हान गरिएको
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.