अस्ट्रेलिया र दुबई लान्छु भनी लाखौं रकम ठग्ने २ जना पक्राउ
क्रेजी साप्ताहिक काठमाडौैं । ‘अस्ट्रेलिया र दुबइ’ लैजाने प्रलोभन देखाई लाखौं रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनुषाका २४ वर्षीय राजेश शाह र कपनका ललित तामाङ रहेका छन् । शाहलाई महानगरीय अपराध अनुसन्धान महाशाखा र तामाङलाई काठमाडौं प्रहरी परिसर, टेकुले पक्राउ गरेको हो


