
१० वैशाखदेखि नवौं नेपाल अफ्रिका फिल्म फेस्टिभल
‘नेपाल अफ्रिका फिल्म फेस्टिवल–२०२१’ (नाफ २०२१) यही १० वैशाखदेखि १२ गतेसम्म जमलस्थित सांस्कृतिक संस्थानमा आयोजना हुने भएको छ । कलेज अफ जर्नालिज्म एन्ड मास कम्युनिकेशनले आयोजना गर्न लागेको महोत्सवको यो नवौं संस्करण हो । महोत्सवमा नेपाल र अफ्रिकाको सिनेमा एवम् संस्कृतिको बारेमा एक दिने बहस समेत हुने आयोजकले जनाएको छ