एमाले मोरङको ३ मा प्रतिनिधिसभा र प्रदेशसभा उम्मेदवारको टुङ्गो
क्रेजी संवाददाता पथरी । नेकपा एमालेले मोरङको क्षेत्र नं.३ मा प्रतिनिधिसभा र प्रदेशसभा उम्मेदवारको टुङ्गो लगाएको छ । प्रतिनिधिसभामा नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा पूर्व मन्त्री भानुभक्त ढकालले टिकट प्राप्त गरेका छन् भने प्रदेशसभा ‘क’ मा दिलिप कुमार राई (किशोर) र ‘ख’ मा ज्ञानेन्द्र सुवेदी निश्चित भएका छन् ।


