असोज १७ गतेदेखि ‘अन्तर्राष्ट्रिय आमन्त्रण तेस्रो पथरीशनिश्चरे गोल्डकप’ हुने
क्रेजी संवाददाता पथरी । आगामी असोज १७ गतेदेखि २६ गतेसम्म पथरी शनिश्चरेमा अन्तर्राष्ट्रिय आमन्त्रण तेस्रो पथरीशनिश्चरे गोल्डकप–२०८३ सञ्चालन हुने भएको छ । स्थानीय पथरी–११ फुटबल क्लब को आयोजनामा पथरीको जाँतेमोडस्थित पथरी रंगशालामा प्रतियोगिता आयोजना गरिने भएको हो । प्रतियोगिताको तयारीबारे जानकारी दिन आयोजकले आज पत्रकार सम्मेलनको आयोजना गरेको थियो ।


