नेपालमा पनि देखियो ओमिक्रोन भेरियन्ट

क्रेजी संवाददाता काठमाडौं । ओमिक्रोन भेरियन्टबाट संक्रमित दुईजना व्यक्ति नेपालमा भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । सोमबार मन्त्रालयले आयोजना गरेको पत्रकार सम्मेलनमा सह-प्रवक्ता समिर अधिकारीले नेपालमा पनि कोरोनाभाइरसको ओमिक्रोन भेरियन्ट भेटिएको जानकारी दिए । ओमिक्रोन भेटिएको देशबाट मंसिर ३ गते नेपाल प्रवेश गरेका एक ६६ वर्षीय विदेशी

तेक्वाण्डोको ब्ल्याक बेल्ट ग्रेडिङ : ४१ खेलाडी दिक्षित

सनम रोक्का कानेपोखरी । मोरङको कानेपोखरीमा शनिबार सम्पन्न प्रदेश स्तरीय कालो बेल्टको ग्रेडिङ् कार्यक्रमबाट ४१ खेलाडी कालो बेल्टमा ग्रेडिङ भएका छ्न । ब्लाक बेल्ट प्रथम डानबाट ३४ जना, दोश्रो डानबाट ६ जना र तेस्रो डानबाट १ जना दिक्षित भएका हुन । ब्ल्याक बेल्ट प्रथम डानबाट दिक्षित हुनेमा कानेपोखरी तेक्वाण्डोबाट आशिष

पथरीशनिश्चरे फुटबल प्रिमियर लिग आयोजकद्वारा इन्ट्रा फाउण्डेशनलाई भव्य स्वागत

क्रेजी संवाददाता पथरीशनिश्चरे । विहिबार साँझ अगाडि अगाडि च्याब्रुङ टिम, बाजागाजा अनि साकेला टोली, अनि केही खेलाडीहरुका साथ पथरी बजारमा विशिष्ट व्यक्तिहरुको आगमन अनि ‘वार्म वेलकम’ लेखिएको ब्यानर देखियो । सबै जना छक्क पर्दै आश्चर्य मान्दै हेरिरहेका थिए । हो सोही दृश्य थियो मोरङको पथरीशनिश्चरे नगरमा स्थापित फुटबल प्रिमियर लिगको

कानेपोखरीको त्रिपुरेश्वर महादेव मन्दिरमा बाला चतुर्दशी (फोटोसहित)

क्रेजी संवाददाता कानेपोखरी । आज शुक्रबार मंसिर कृष्ण चतुर्दशी अर्थात बाला चतुर्दशी । पशुपतिनाथ लगायत देशका विभिन्न शक्तिपीठहरूमा शतबीज छरेर बालाचतुर्दशी मनाइँदै छ । त्यसैगरी मोरङ कानेपोखरी ६ स्थित शिवालय टोलमा रहेको त्रिपुरेश्वर महादेव मन्दिर परिसरमा पनि बिहानैदेखि शतबीज छर्नेको घुइँचो रहेको छ । बिहान ४ बजेदेखीनै भक्तजनहरूको उपस्तिथि रहेको

तेक्वाण्डोका उत्कृष्ट खेलाडी र प्रशिक्षकलाई सम्मान : कानेपोखरी प्रदेशकै उत्कृष्ट डोजाङ्ग

क्रेजी संवाददाता विराटनगर । आईटीएफ तेक्वाण्डोका उत्कृष्ट खेलाडी र प्रशिक्षकलाई मंगलबार सम्मान गरिएको छ । प्रदेश १ आईटीएफ तेक्वाण्डो संघको २० औँ वार्षिक उत्सवको अवसरमा विराटनगरमा खेलाडी तथा प्रशिक्षकलाई प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले सम्मान गरेका हुन । पुरस्कृत एवं सम्मानित हुने उत्कृष्ट खेलाडीमा पुरुषतर्फ झापाका मिसन श्रेष्ठ र

मुख्यमन्त्रीद्वारा तिलक बान्तवा राई स्मृतिग्रन्थ लोकार्पण

क्रेजी संवाददाता पथरी । मोरङ पथरीशनिश्चरेका प्रतिष्ठित व्यक्तिको रुपमा स्थापित साबिक पथरी गाबिसको पूर्ब अध्यक्ष तिलक वान्तावा राई सम्बन्धी लेखिएको तिलक बान्तावा राई स्मृतिग्रन्थ आज एक समारोहका बिच लोकार्पण भएको छ । वान्तवाको एक वर्षअघि कोरोना भाइरसको कारण ६६ वर्षको उमेरमा मृत्यु भएको छ । बार्षिक स्मृति दिवसको अवसरमा प्रस्ताबित

रामकुमार बस्नेतले एमाले केन्द्रीय सदस्यमा उम्मेद्वारी दिने

क्रेजी संवाददाता मोरङ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को दशौं राष्ट्रिय महाधिवेशन चितवनमा हुदैछ । राष्ट्रिय महाधिवेशनमा होमिएका नेताहरू पनि आ–आफ्नो उम्मेद्वारी कुन पदमा दिने भन्ने बारेमा आफ्नो सामाजिक सञ्जालबाट तिव्ररुपमा प्रचार प्रसार गर्दै आइरहेका छन् । यस्तै नेकपा (एमाले) १ नम्बर प्रदेश कमिटी सदस्य रामकुमार बस्नेत चितवनमा १०–१२ मंसिरमा हुन

जहदा भेट्रानस गोल्डकप : उपाधि आयोजक जहदा भेट्रानसलाई

सन्तोष राई पथरी । आयोजक जहदा भेट्रानसका फरवार्ड डेनिम राईको एक मात्र गोलले जहदा भेट्रानस गोल्डकपको उपाधि आयोजकले आफ्नो पोल्टामा पारेको छ । मोरङको कानेपोखरी–५ मा अवस्थित जहदा रंगशालामा आइतबार भएको फाइनल खेलमा हाम्रो इटहरी भेट्रानसलाई स्तब्ध पार्दै आयोजक विजयी भएको हो । निक्कै नै प्रतिष्पर्धात्क खेलमा पहिलो हाफमा दुवैतर्फबाट

पथरीमा नाटक ‘अनि देउराली रुन्छ’ को प्रिमियर

क्रेजी संवाददाता पथरी । ३० को दशकमा रचिएको नाटक ‘अनि देउराली रुन्छ’ धेरै वसन्त पार गरी पुनः आमदर्शक माझ आइपुगेको छ । मानबहादुर मुखियाले लेखेको नाटक ‘अनि देउराली रुन्छ’ पथरीको शब्द कला समूह र शब्द थिएटरको संयुक्त प्रस्तुतिमा आज प्रिमियर (पहिलो सो) गरिएको हो । पथरीशनिश्चरे–२ मा अवस्थित हरियाली सामुदायिक

प्रदेश नं. १ का मुख्यमन्त्री राईले पाए विश्वासको मत

विराटनगर । प्रदेशसभाको बुधबार बसेको बैठकमा प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन् । मुख्यमन्त्री राईले मागेको विश्वासको मतको पक्षमा बहुमत पुगेको उल्लेख गर्दै प्रदेशसभाका सभामुख प्रदीपकुमार भण्डारीले उनले विश्वासको मत प्राप्त गरेको घोषणा गरेका हुन् । बैठकमा मुख्यमन्त्री राईले राखेको विश्वासको मतको पक्षमा ५०
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.