राजु श्रीवास्तवको स्वास्थ्य अवस्था पुनः गम्भीर
हास्यकलाकार राजु श्रीवास्तवको स्थिति एकपटक पुनः नाजुक भएको छ । बुधबार अबेर रातीदेखि उनलाई पटक–पटक हृदयघात भइरहेको छ । डाक्टरले उनको टाउकाको सिटी स्क्यान गराउँदा दिमागको एउटा हिस्सा सुन्निएको भेटे । उनका दाइ सिपी श्रीवास्तवले भने, ‘दिमाग सुन्निएका कारण पानी पाइएको छ । डाक्टरले स्थिति चिन्ताजनक बताएका छन् ।’ परिवारका


